सेगवे नेपालको ‘यो दशैँ-तिहार सेगवेको साथ उपहार ७’ अफर सार्वजनिक
काठमाडौं । नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहब प्रालिले आगामी दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु उपलब्ध गराएको छ । यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुने कम्पनीले जनाएको छ ।
‘यो दशैँ/तिहार सेगवेको साथ उपहार ७’ अफर नेपालमा सेगवेको दुईपांगे सवारीसाधनको आक्रामक बजार रणनीति र विस्तारको निरन्तरता हो । सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ । यस अफरमा ग्राहकहरुले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा १० हजार रुपैयाँ नगद छुट एमाज्फिट ब्यान्ड ५ वा एमाज्फिट नियो ब्याण्ड जस्ता निश्चित पुरस्कारहरू जित्न सक्नेछन् । साथमा निःशुल्क बीमा र सडक कर पनि हुने कम्पनीले जनाएको छ ।
साथै, ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् । लक्की ड्रमार्फत दुई जनाले किक स्कुटर (एफ४०), दुई जनाले स्मार्ट फोन (मेईजू एम १७) र पाँच जनाले एमाज्फिट जीटीएस दुई स्मार्ट घडी जित्नेछन् । यसका साथै एक्सचेन्ज सुविधा, निःशुल्क एएमसी र ईएमआईको सुविधा पनि छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया