Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना

सामसङको ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना


काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले दशैँ तिहारलाई लक्षित गरि ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना घोषणा गरेको छ । जसमा निःशुल्क इन्स्टलेसनलगायतका आफूले छनौट गरिएका उत्पादनहरूको खरिदमा ३० प्रतिशतसम्म क्यासब्याकको अफर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको यो अफर असोज १ देखि लागू भई कात्तिक २९ गतेसम्म चल्नेछ । कम्पनीका अनुसार यो अफर सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा मात्र लागू हुनेछ । सामसङ टिभीहरू मार्फत, ग्राहकले सामसङको प्रिमियम रेन्जका टिभीहरूमध्ये एउटामा अपग्रेड गरेमा निःशुल्क साउन्डबारसहित आफ्नो खरिदमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस्तै सामसङको रेफ्रिजरेटर खरिद गर्दा २५ प्रतिशतसम्म र ब्रान्ड न्यु सामसङ वासिङ मेसिन खरिद गर्दा २२ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । प्रिमियम रेन्जका टेलिभिजन सेटहरूमध्ये सामसङ क्रिस्टल फोर के युएचडी टिभीहरू छन्, जुन पावरफुल ‘फोर के एचडी डिस्प्लेमा लाइफलाइक बिलियन ट्रु कलर’ हरूको लागि परिचित छ । ७५ इन्च वा सोभन्दा माथिको क्रिस्टल फोर के युएचडी टिभी खरिद गर्दा १५ प्रतिशतसम्मको क्यासब्याकको साथमा निःशुल्क साउन्डबार पाउन सकिने कम्पनीको भनाइ छ ।

यस्तै सामसङ फ्रेम टिभीहरूको खरिदमा निःशुल्क साउन्डबारको साथमा १८ प्रतिशतसम्म क्यासब्याक पाइने कम्पनीले जनाएको छ । यस्तै शतप्रतिशत क्वान्टम डट टेक्नोलोजीको कलर भोल्युम रहेको क्यूएलईडी टिभीहरूको प्रत्येक मोडेलमा निःशुल्क साउन्डबारको साथमा १९ प्रतिशतसम्मको छुट उपलब्ध गराइएकोे कम्पनीको भनाई छ । यसैगरी फाइभ इन वन कन्भर्टिबल रेफ्रिजरेटरमा ३४५ लिटर क्षमताका मोडेलहरूदेखि ५५१ लिटरसम्म क्षमताका मोडेलहरूमा रेफ्रिजरेटर लाइनअपको कुनै पनि रेन्जको खरिदमा २५ प्रतिशतसम्मको क्यासब्याक पाईनेछ । यसको ५७९ लिटर क्षमता भएको फ्रेन्च डोर रेफ्रिजरेटर पनि २१ प्रतिशत छुटमा उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार एआई इकोबबल वासर ड्रायरको आठ किलो तथा १२ किलो भेरियन्टमा २० प्रतिशतसम्मको क्यासब्याक ग्यारेन्टीसहित उपलब्ध छ । यसमा सजेस्टिभ साइकलको साथ पर्सनलाइज्ड लुगा धुने अनुभव पाउन सकिनेछ । साथै आठ किलो तथा नौ किलो क्षमताको हाइजिन स्टिमको साथ आउने फ्रन्ट लोडमा २२ प्रतिशतसम्म छुट पाउन सकिनेछ ।

विगत १६ वर्षदेखि सामसङको टिभी ग्लोबल नम्बर वन टिभी ब्राण्ड बन्न सफल भएको छ । कम्पनीले टिभीमा एक वर्ष वारेन्टी र थप एक वर्ष वारेन्टी प्यानलहरुमा दिइएको छ । डीआईटी कम्प्रेसर (रेफ्रिजेरेटर) र एसिमा १० वर्ष, डिआइटि मोटर (वासिङ्ग मेसिन) मा १० वर्षको वारेन्टी छ । सामसङले ग्राहकको सुविधाका लागि योजना अवधिभर खरिद गरिएका केही छनोट गरिएका प्रमुख उपकरणहरु निःशुल्क जडान गरिदिने व्यवस्था समेत गरेको छ । यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्कअन्तर्गत नेपालभर उपलब्ध जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया