Techie IT
×
गृहपृष्ठकर्पोरेटरामदेव तेलद्वारा चौथो हप्ताका विजेतालाई पुरस्कार वितरण

रामदेव तेलद्वारा चौथो हप्ताका विजेतालाई पुरस्कार वितरण


काठमाडौं । रामदेव तेलले चाडपर्वको वहार हरेक हप्ता उपहार योजनाअन्तर्गत चौथो हप्ताको लक्कीमार्फत विजेता भएका विजयीहरुलाई पुरस्कार वितरण गरेको छ । चौथो हप्ताको लक्की ड्रमार्फत विजेता हुन सफल दुई जनाले जनही एक÷एक कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका थिए ।

यस योजनामा सहभागी भई विजेता भएका काठमाडौं बौध आरुबारीकी विना श्रेष्ठ र काठमाडौ त्रिपुरेश्वरका इभाराज ताम्राकारलाई गणपति वनस्पति प्रालिका मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । गणपति वनस्पतिले रामदेव ब्राण्डको सनफ्लावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ ।

रामदेव तेलले तीजदेखि छठ पर्वसम्मको लागि चाडपर्वको वहार हरेक हप्ता आकर्षक उपहार योजना सार्वजनिक गरेको हो । जसअनुसार डिजिटल मिडिया फेसबुकमार्फत हुने प्रतिस्पर्धामा जो सुकैले पनि भाग लिनसक्ने तथा हरेक हप्ता दुई जना विजेतालाई लक्की ड्रमार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया