Techie IT
×
गृहपृष्ठकर्पोरेटटीभीएसद्वारा सुर्खेतमा एओजी राइडको आयोजना

टीभीएसद्वारा सुर्खेतमा एओजी राइडको आयोजना


काठमाडौं । दुईपांग्रे सवारीसाधन कम्पनी टीभीएसले सुर्खेत जिल्लामा ग्राहकवर्ग लक्षित ‘आपाचे ओनर ग्रुप’(एओजी) रोमाञ्चक राइड आयाोजना गरेको छ । शनिबार सुर्खेतदेखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यू सम्म आयोजित उक्त राइड अन्तर्गत ३५ जना राइडरले आफ्नो उत्साहजनक सहभागिता जनाएका थिए ।

कार्यक्रमअन्तर्गत राइडमा, भ्लगर प्रज्वल बस्नेत र रुपेश विक लगायतको सहभागीता थियो । उनीहरुले सुर्खेतमा टिभीएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए ।

टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगडीमा सम्पन्न गरिसकेको छ । यो अभियानमा सहभागीहरुले यसलाई मनपराएको पाइएको छ । यो कार्यक्रम आगामी समय बाँकी क्षेत्रमा पनि गर्ने अभियान रहेको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया