Techie IT
×
गृहपृष्ठकर्पोरेटनेपाल वाल प्लास्टको दशैँ सौगात योजना

नेपाल वाल प्लास्टको दशैँ सौगात योजना


काठमाडौं । ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले दशैँलाई लक्षित गरेर ‘दशैँ सौगात’ नामक योजना बजारमा ल्याएको छ । ‘निर्माण गुणस्तरमा, मोबाइल पकेटमा’ नाराका साथ यो योजना सोमबारदेखि कात्तिक १३ गतेसम्मको लागि सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत प्रत्येक ५२५ बोराको खरिदमा पक्का उपहारस्वरुप रियलमीको सी३० मोबाइल प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । विशेषगरी कम्पनीका नयाँ तथा पुराना ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

नेपाल वाल प्लास्टका वालप्लास्ट, ब्रिक फिक्सो, ब्लक फिक्स, टाइल फिक्स प्लोर तथा टाइल फिक्स वाल गरी पाँचवटै उत्पादनमा यो योजना लागू हुनेछ । घर निर्माणमा बालुवाको गुणस्तर पनि उत्तिकै सजग हुनुपर्ने शिक्षालाई अझ विस्तृत रुपमा फैलाउन यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अनुमान छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया