सुर्खेतमा महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’ सार्वजनिक
काठमाडौं । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर सुर्खेतमा सार्वजानिक गरेको छ ।
कम्पनीले चितवन, हेटौडा, धनगढी, जनकपुरधाम पछि सुर्खेतमा मंगलबार एक कार्यक्रमका बीच ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालको विभिन्न ठाँउमा ट्रियो बिक्री गर्दै आएको छ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २ लाख रुपैयाँ (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन् । कम्पनीका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् ।
ट्रियो विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) दुई हजार ७३ मिलिमिटर ह्विलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस सवारीसाधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ ।
महिन्द्रा ट्रियोका प्रमुख विशेषताहरू पेट्रोल थ्री ह्विलरको तुलनामा बढी बचत गर्ने, पेट्रोल अटोभन्दा कम खर्चिलो, फूल चार्ज आठ युनिट, प्रतियुनिट १२० किमि गुड्ने, उद्योगकै सर्वश्रेष्ठ आठ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क, प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पिड र उन्नत लिथियम आयोन ब्याट्री, एक लाख ५० हजार बढी किलोमिटर ब्याट्रीको आयु, घरैमा १५ एम्पियर सकेटमा जोडेर सजिलै चार्ज गर्न सकिने र आकर्षक डिजाइन रहेका छन् । साथै यसमा टेलिमेटिक्स इकाई र जीपीएस, विन्डस्क्रिन र वाइपिङ सिस्टम, स्पेयर व्हीलको व्यवस्था रहेको छ ।
कार्यक्रममा महिन्द्रा इलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश कुमार बस्नेत, बिरेन्द्र नगरपालिकाका उपमेयर निलकण्ठ खनाल, बिरेन्द्र नगरपालिकाका वडा अध्यक्ष दिलबहादुर रखाल, अग्नि इनर्जीका प्रतिनिधि सिरज भुजेल लगायतका उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया