Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘नाडा ईभी चौतारी’को आयोजना

‘नाडा ईभी चौतारी’को आयोजना


काठमाडौं । नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘नाडा ईभी चौतारी’ हुने भएको छ । नाडाको आयोजनामा नेपालमा नै पहिलो पटक बिहीबारदेखि हुनलागेको ‘नाडा ईभी एक्स्पो’कै अवसरमा नाडा चौतारी पनि हुनलागेको हो ।

नाडा ईभी एक्स्पो असोज ६ देखि ९ गतेसम्म भृकुटीमण्डप, प्रदर्शनीहलमा आयोजना हुनेछ भने असोज ७ देखि ९ गतेसम्म प्रत्येक दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म यूएसएआईडीको सहकार्यमा नाडा चौतारी सेमिनार पनि सञ्चालन हुने नाडाले जनाएको छ । तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेहिकलसम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहनेछ । ईभी चौतारीको पहिलो दिन ईभी टेक्नोलोजी एण्ड इकोसिष्टमबारे छलफल हुनेछ भने दोस्रो दिन फाइनान्सियल एक्सपेक्ट अफ ईभीको बारेमा विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्नेछन् । यस्तै अन्तिम दिन पोलिसी फर प्रमोटिङ ईभी भन्ने विषयमा छलफल हुने बताइएको छ ।

यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीतिनियमहरुदेखि लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविद्हरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरी ज्ञान बाँड्ने चौतारी हुने नाडाको भनाइ छ । कार्यक्रममा उपस्थितिको लागि नाडाले सबैलाई आग्रह समेत गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया