Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी एओफोरएस बजारमा

सामसङको ग्यालेक्सी एओफोरएस बजारमा


काठमाडौं । नयाँ पुस्ताको लागि सामसङले अझै नयाँ सुविधा र विशेषताको साथ ग्यालेक्सी एओफोरएस बजारमा ल्याएको छ । कम्पनीका अनुसार यसमा सामसङको ट्रिपल रियर क्यामरा छ, जसमा एउटा ५० एमपी मेन क्यामरा, दुई एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र दुई एमपीको डेप्थ क्यामरा समावेश गरिएको छ । यसैको साथै पाँच एमपी सेल्फी क्यामरा समेत रहेको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी एओफोरएस ९० हर्ज रिफ्रेस रेटको साथ ६.५ एचडी र एमोलिड डिस्प्लेसँग आउँछ । साथै यसमा एक चोटिको चार्जमा पूरा दुई दिनसम्म टिक्ने पाँच हजार मेगाहर्जको ब्याट्री छ । यो फोन कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १२८ जीबी रोमसहितको चार जीबी -याम भएको यो फोनको मूल्य २१ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ भने ६४ जीबी रोमसँग चार जीवी ¥याम भएको फोनको मूल्य १९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी एओफोरएसले ए सिरिजको हरेक मूल्यदरमा गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन र आफ्नो युजरको लागि चाहिने सबै आवश्यक सुविधा र विशेषता सबैको पहुँचमा हुने मूल्यमा दिएर यो सिरिजको प्रविधिलाई कायम राख्न सक्षम रहेको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया