Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको सजिलो प्रिपेड कम्बो अफर

टेलिकमको सजिलो प्रिपेड कम्बो अफर


काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले असोज २ गतेदेखि एक सय ९९ रुपैयाँदेखि छ सय ९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफरअन्तर्गत एक सय ९९ रुपैयाँमा चार हजार दुई सय एमबी (दैनिक १५० एमबी) डाटा, चार सय २० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र चार सय २० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यस्तै तीन सय ४९ रुपैयाँमा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, एक हजार चार सय मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र एक हजार चार सय (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यसैगरी चार सय ९९ रुपैयाँमा १९ हजार छ सय एमबी (दैनिक ७०० एमबी) डाटा, एक हजार नौ सय ६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र एक हजार नौ सय ६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफरअन्तर्गत छ सय ९९ रुपैयाँमा २८ जीबी (दैनिक एक जीबी) डाटा, दुई हजार आठ सय मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र दुई हजार आठ सय (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफरअन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै यस अफरअन्तर्गत सन्देश मात्र पठाउनुपर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा ९८ रुपैयाँमा २८ दिनभित्रमा जम्मा छ सयवटा र ६० रुपैयाँमा जम्मा तीन सयवटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ । आफ्नो मोबाइलबाट स्टार १४१५ ह्याक्स डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया