साथीमार्टको दशैँ अफर ‘क्यासब्याक पनि उपहार पनि’
काठमाडौं । साथीमार्टले देशव्यापी रूपमा दशैँ–तिहार अफर ल्याएको छ । मार्टले ‘साथीमार्टको डिजिटल दशैँ, क्यासब्याक पनि उपहार पनि’ अभियान सुरु गरेको हो । जुन भदौ ३० गतेदेखि सुरु भएको र आगामी कात्तिक १४ गतेसम्म सञ्चालनमा रहने मार्टले जनाएको छ ।
उक्त अभियान साथीमार्ट र खल्तीको संयुक्त आयोजनामा भएको साथीमार्टका संस्थापक सीईओ सागर पोखरेलले जानकारी दिए । यस अभियानअन्तर्गत ग्राहकले नेपालको जुनसुकै ठाउँमा रहेका साथीमार्टमा गई सपिङ गर्न सक्नेछन् भने अनलाइनमार्फत पनि सेवा लिन सक्नेछन् । हरेक अनलाइन वा अफलाइन सपिङमा ४० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको कम्पनीले जनाएको छ । यस्तै, ग्राहकले सपिङ गरेपश्चात् खल्ती एपबाट रकम भुक्तानी गर्दा तत्कालै १० प्रतिशत क्यासब्याक पाउनुका साथै ‘लक्की ड्र’ समेत सो ग्राहकको नाम समावेश हुनेछ । यो अभियान सकिएपछि ‘लक्की ड्र’मार्फत १० जना भाग्यशाली विजेता छानिनेछन् । जसअन्तर्गत सात प्रदेशका सात जना बिजेताले इलेक्ट्रिक कितली र तीन जना भाग्यशाली बिजेताले बम्पर पुरस्कारमा क्रमशः वाटर प्युरिफायर, माइक्रोवेभ ओभन र इन्डक्सन चुल्हो पाउनेछन् ।
यो अभियानअन्तर्गत ग्राहकले मार्टबाट खरिद गर्ने ग्रोसरी, इलेक्ट्रिक सामान, लिक्वेयरलगायत सबैमा लागू हुनुका साथै अनलाइनमा उपलब्ध सामग्री खरिदमा विशेष छुटको समेत व्यवस्था गरिएको छ । अनलाइन सपिङका लागि ग्राहकले साथीमार्ट डटकममा गएर वा मोबाइल एपबाट सजिलै सपिङ गर्न सक्नेछन् । भने अफलाइन सपिङका लागि देशभर ३० भन्दा बढी जिल्ला र ६० भन्दा बढी सहर गरी १०८ वटा स्टोर सञ्चालनमा रहेको साथीमार्टले जनाएको छ । ग्राहकले डिजिटल पेमेन्टका लागि खल्ती, एनआईसी एसिया, इ–सेवा, फोन–पेलगायतबाट भुक्तानी गर्दा विभिन्न छुट पाउने व्यवस्था समेत गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया