Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालयन आर्ट फेस्टिभल आगामी सोमबारदेखि

हिमालयन आर्ट फेस्टिभल आगामी सोमबारदेखि


काठमाडौं । इ–आर्टस् नेपालले हिमालयन आर्ट फेस्टिभल आयोजना गर्ने भएको छ । नेपाल आर्ट काउन्सिलमा असोज १० गतेदेखि १४ गतेसम्म उक्त फेस्टिभलको आयोजना हुन लागेको हो ।

इ–आर्टस नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष दशैँको अवसर पारेर फेष्टिभलको आयोजना गर्दै आइरहेको छ । इ–आर्टस् नेपालकी सहसंस्थापक आशा डङ्गोलले नेपाली कलाकृति नेपालीहरुकै घरमा सजिऊन् भन्ने उद्देश्यले यस प्रदर्शनीको आयोजना गरिएको बताइन् । ‘पहिला पहिला नेपाली कलाकृति किन्न गाह्रो हुन्छ भन्ने थियो तर अहिले आकर्षक मूल्यमा मध्यम वर्गीय परिवारलाई लक्षित गरी यस कला प्रर्दशनी गर्न लागिएको हो’, उनले भनिन् । करिब १५० भन्दा बढी कलाकारहरुले आफ्नो कला प्रदर्शनीमा राख्ने उनको भनाइ छ । नेपाली कलाकारहरुको कलाको स्तर मापनको लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट सुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए ।

अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ । नेपाली बरिष्ठ कलाकारहरुदेखि वर्तमानका पुस्ताका कलाकारहरुको कामलाई प्रदर्शनीमा राखिने बताइएको छ । प्रदर्शनीको अर्को आकर्षण भनेको एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उनको कलाकृतिलाई त्यहाँ राखिने कार्यक्रम हो । इ–आर्ट्स नेपालका अध्यक्ष्य सुजन श्रेष्ठका अनुसार यसपालि उक्त स्थानमा कलाकार हरिप्रसाद शर्माका कृतिलाई प्रदर्शनीमा राखिनेछ । कार्यक्रमको उद्घाटन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले गर्ने कार्यक्रम छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया