हिरो इलेक्ट्रिक स्कुटरको नगद तथा गिफ्ट ह्याम्परको आकर्षक अफर !
काठमाडौं । हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा लक्ष्मी ई. मोबिलिटी प्रालिले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले नाडा ईभी अटो शोमा स्टल नं. सी ७ मा बुकिङ गरी स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको हो ।
कम्पनीका अनुसार यस अफरमा २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र लक्की ड्रमार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिङ मेसिन पाइनेछ । कम्पनीले नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्रीसहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ । एक पटक फूल चार्ज गरी ८२ किलोमिटरदेखि १६५ किलोमिटरसम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतसहित नेपालमा पनि अति राम्रो बजार लिएको कम्पनीको दाबी छ । भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । यस्तै लक्ष्मी ई. मोबिलिटीले नेपालभरका इच्छुक पक्षबाट हिरोको डिलरसिपको लागि आवेदन समेत लिनलागेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया