Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक

एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक


काठमाडौं । एनसेल आजियटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यी प्याकहरु शुक्रबारदेखि लागू हुने कम्पनीले जनाएको छ ।

यी प्याकहरुबाट एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले यी भ्वाइस प्याकहरुको प्रयोगबाट फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार एक दिन, सात दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन् । एक दिनको भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र ५५ रुपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् ।

त्यस्तै सात दिने भ्वाइस प्याकअन्तर्गत ग्राहकले दुई सय ४९ रुपैयाँमा ७० मिनेट टक टाइम प्राप्त गर्दछन् । आफ्नो आवश्यकताअनुसार बढी समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक करसहित मात्र सात सय ४९ रुपैयाँमा सुचारु गर्न सक्छन् ।

ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरी निर्देशनअनुसार आफ्नो आवश्यकताअनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत इी भ्वाइस प्याकहरु सुचारु गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरुप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरु सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया