Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबाल्ट्राको ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना

बाल्ट्राको ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना


काठमाडौं । बाल्ट्राले चाडपर्वको अवसरमा पारेर ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ । यस योजनाअन्तर्गत बाल्ट्राको कुनै पनि उत्पादन किन्दा लक्की ड्रमार्फत हरेक हप्ता पाँच जनाले इन्डक्सन कुकिङ सेट जित्न सक्नेछन् ।

उक्त कुकिङ सेटमा इन्डक्सन कुकटप, प्रेसर कुकर र कराइरहेका छन् । साथै बम्परमा पाँच जनाले १—१ तोला सुन जित्न सक्नेछन् । नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेताबाट बाल्ट्राका जुनसुकै उत्पादन खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुनको लागि बाल्ट्रा लेखी एक स्पेस दिएर बीबीबी लेखी फेरि एक स्पेस दिएर भ्याट वा विल नम्बर लेखी पुनः एक स्पेस दिएर क्रेताको नाम उल्लेख गरी ३१००७ मा एसएमएस गर्नुपर्ने हुन्छ । उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट÷प्यान बिल ल्याउनुपर्नेछ । साथै उपहारमा लागू हुने कर विजेता आफैँले व्यहोर्नुपर्नेछ । उपहार योजना भदौ २८ गतेदेखि नै सुरु भएको र कात्तिक १४ गतेसम्म लागू गरिएको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया