भिभोद्वारा वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक
काठमाडौं । भिभोले वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ । भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरू भनेर परिचित छन् । भिभाले वाई सिरिजमा ठूलो सफलता हासिल गरेको र यसलाई कायम राख्न आफ्नो प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ स्मार्टफोनहरू विकास गर्दै आइरहेको छ ।
कम्पनीका अनुसार वाई २२ एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, छ जीबी ¥याम र १२८ जीबी रोम छ, जसले प्रयोगकर्ताहरूलाई बिना कुनै ढिलाइ एकैसाथ धेरै एपहरू चलाउन अनुमति दिन्छ । विस्तारित -याम सुविधाले निष्क्रिय रोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि एक टेराबाइटसम्म मेमोरी कार्डको सहायताले एक्सटेन्ड गर्न मिल्छ । वाई२२एस एआई पावर–सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ । यो ५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ । साथै यसमा ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्यूटी छ । यसको पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको छ । यसबाहेक, मल्टी–स्टाइल पोट्र्रेटमा फेस ब्यूटी, बोकेह, र अन्य शैलीहरू वाई२२एस मा समावेश छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्वीरहरु खिच्दै वाई२२एसले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ ।
यस्तै वाई१६ ले केही प्रभावशाली स्पेसिफिकेसनहरू, २.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेन्डी डिजाइन प्रदान गर्दछ । वाई१६ को एपिअरेन्स आकर्षक रहेको छ । यो स्मार्टफोन चार जीबी -याम र ६४ जीबी रोम भेरियन्टमा आउँछ । यसमा भएको मिडियाटेक हेलियो पी३५ अक्टा–कोर प्रोसेसरले सहज मल्टी–टास्किङ र अधिकतम कार्यक्षमता प्रदान गर्दछ । वाई१६ मा क्यामेरा सेटअपले अझ बढी आकर्षण थपेको छ र प्रयोगकर्ताहरूलाई १३ एमपी एआई डुअल क्यामेराको साथ आकर्षक शटहरू क्लिक गर्न सक्षम बनाउँछ । वाई२२एस स्टारलिट ब्लू र समर सायन कलरमा २७ हजार ९ सय ९९ रुपैयाँमा मिनिमालिस्टिक आउटलुकको साथ उपलब्ध छ । त्यस्तै वाई१६ प्राकृतिक लुक स्टेलर ब्ल्याक र ड्रिजलिङ गोल्ड कलर भेरियन्टमा १९ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया