Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको दशैँ अफर सार्वजनिक

टेलिकमको दशैँ अफर सार्वजनिक


काठमाडौं । नेपाल टेलिकमले दशैँ अफर सार्वजनिक गरेको छ । टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दशैँ अफर उपलब्ध गराउने भएको हो । उक्त अफरहरु असोज २३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार डाटा प्याकअन्तर्गत दुई सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा छ जीबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध गराउने भएको छ । त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइनेछ । दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने एक जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

यसैगरी पहिलोपटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने दुई सय मिनेटको निःशुल्क भोल्टे सेवा पनि उपलब्ध गराइएको टेलिकमले जनाएको छ । उक्त प्याकेजहरु प्राप्त गर्न ग्राहकले स्टार१४१५ह्याक्स डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने बताइएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया