Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसम्भावना नेपालको दोस्रो वार्षिक साधारणसभा

सम्भावना नेपालको दोस्रो वार्षिक साधारणसभा


ललितपुर । सम्भावना नेपालको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाको बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गरेकी थिइन् ।

कार्यक्रममा उनले महिलाहरुद्वारा सञ्चालित सम्भावना नेपालबाट अरु महिलाहरुले पनि सिक्नुपर्ने भन्दै अब महिलाहरु अघाडि बढ्नुको विकल्प नरहेको बताइन् । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछों, ससत्र प्रहरीका डीआईजी डा. रुपक महर्जन, ललितपुर महानगरपालिका महिला तथा बालबालिकाका प्रमुख महेश्वरी बिष्ट, क्लासिक डायमण्डका नबिना सिंह महर्जन, ललितपुर महानगर वडा नं. १७ का वडा अध्यक्ष विनोद महर्जनलगायतको उपस्थिति थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष जीवन देवी शाक्यले स्वागतमन्तव्य राखेकी थिइन् भने संस्थाका कोषाध्यक्ष सुशीला महर्जनले संस्थाको कार्यप्रगतिबारे जानकारी दिएकी थिइन् । संस्थाको कार्यसमितिमा अध्यक्ष विणा महर्जन, उपाध्यक्ष जीवन देवी शाक्य, सचिव रोजी श्रेष्ठ, कोषाध्यक्ष सुशीला महर्जन, सदस्यहरु अमि महर्जन, अमिता अवाले, सरिता बज्राचार्य छन् । कार्यक्रमका सभापति तथा अध्यक्ष विणा महर्जनले धन्यवाद ज्ञापन दिदै सबैको सहयोगबाट नै लक्ष्य हासिल हुने भन्दै सबैको हौसलाले थप ऊर्जा दिएको बताइन् ।

सम्भावना नेपाल सशक्तीकरणका लागि सृजना भन्ने नाराका साथ अघाडि बढिरहेको गैरनाफामूलक संस्थाले मूलतः न्यून गुणस्तरीय जीवन व्यतित गरिरहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई सान्दर्भिक शिक्षा, नविन स्वास्थ्य सेवा र जीविकोपार्जनका लागि सीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया