Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक

‘नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक


काठमाडौं । अग्नि समूहको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले ‘नयाँ चार सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक गरेको छ । कम्पनीले चितवनमा आयोजित एक कार्यक्रमका बीच जेनसेट सार्वजनिक गरेको हो ।

नयाँ चार सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका साथ आएको कम्पनीले जनाएको छ । १२५ केभीए ‘चार सिलिन्डर’ डिजेल जेनसेट नेपालभर रहेका सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल महिन्द्रा पावरलले नेपालमा ५ केभीएदेखि ६२५ केभीएसम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ ।

यो नयाँ जेनसेट लन्च गरेसँगै यसले उपभोक्ताहरूका लागि उत्कृष्ट इन्धन दक्षता, कम लागत र उत्कृष्ट प्रदर्शन दिने बताइएको छ, जसले ग्राहकको व्यवसायलाई कुशलतापूर्वक अघि बढाउनेछ । महिन्द्रा पावरल डीजी जेनसेटहरू अग्नि मोटोइन्कको फराकिलो सेवा नेटवर्कद्वारा ग्राहकलाई तत्काल सहयोग प्रदान गर्न विशेषज्ञहरूको टोलीले कम समयमा सेवा गर्न सबैभन्दा उत्तम र उपयुक्त समाधान छनौट प्रदान गर्न मद्दत गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया