Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसहारा एपको ‘सहारा चाडपर्व अफर’

सहारा एपको ‘सहारा चाडपर्व अफर’


काठमाडौं । राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ । ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनीले ल्याएको उक्त अफरमा इलेक्ट्रिक स्कुटर, फ्रिज, स्मार्ट फोन, माइक्रोओभन, हिटर, वासिङ मेसिन जित्न सकिनेछ । त्यसका साथै नगद उपहार पनि जित्न सकिने कम्पनीले जनाएको छ ।

जति धेरै सहाराको राइड लिन सक्यो त्यति नै जित्ने मौका बढी रहने कम्पनीले जनाएको छ । सबै उपहारहरु छठ पर्वपछि प्रदान गरिने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार पहिलो, दोस्रो र तेस्रो गरेर उपहार प्रदान गरिनेछ । यसका साथै अन्य आकर्षक गिफ्टहरु पनि रहेको कम्पनीले जनाएको छ । यो अफर योजना अवधि छठसम्म रहेको कम्पनीले जनाएको छ ।

साथै अहिले कम्पनीले निःशुल्क राइडर दर्ता अफर पनि सञ्चालनमा ल्याएको छ । यसबाट नयाँ राइडरले फाइदा लिनसक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपालमा सन् २०१९ देखि राइड सेयरिङ सेवा सुरु गरेको सहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ विशाल जीसीले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया