Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरामदेव तेलद्वारा पाँचौँ हप्ताका विजेतालाई पुरस्कार वितरण

रामदेव तेलद्वारा पाँचौँ हप्ताका विजेतालाई पुरस्कार वितरण


काठमाडौं । रामदेव तेलले चाडपर्व उपहार योजनाअन्तर्गत पाँचौँ हप्ताका विजेतालाई पुरस्कार वितरण गरेको छ । लक्की ग्रुपको भागिनी संस्था गणपति वनस्पति प्रालिद्वारा उत्पादित तेल बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलले चाडपर्वको वहार हरेक हप्ता उपहार योजना सञ्चालन गरिरहेको छ ।

उक्त योजनाअन्तर्गत पाँचौँ हप्ताको लक्की ड्रमार्फत विजेता भएका विजयीहरुलाई आइतबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको हो । यस पाँचौँ हप्ताको लक्की ड्र को प्रतिस्पर्धामा रामदेव तेल कुन कुन मार्टमा उपलब्ध छ ? भनी प्रश्न गरिएको थियो । योजनामा भाग लिई सही उत्तर दिई लक्की ड्रमार्फत विजेता हुने काठमाडौं चाबहिलका उमेश श्रेष्ठ र बालाजुकी मनिषा अधिकारी रिमाललाई १/१ कार्टुन रामदेव सनफ्लावर तेल प्रदान गरिएको थियो ।

गणपति वनस्पति प्रालिका मार्केटिङ मेनेजर विनोद श्रेष्ठले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए । रामदेव तेलले तीजदेखि छठ पर्वसम्मको लागि चाडपर्वको वहार हरेक हप्ता आकर्षक उपहार योजना सार्वजनिक गरी सञ्चालन गरिरहेको छ । जसअनुसार यो डिजिटल मिडिया फेसबुकमार्फत प्रतिस्र्पधा हुने गर्दछ । यसमा जो सुकैले पनि भाग लिन सक्ने र हरेक हप्ता दुई जना विजेतालाई लक्की ड्रमार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया