Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईसीटी अवार्डको ज्ञान साझेदार प्रेसिडेन्सियल बिजनेस स्कुल

आईसीटी अवार्डको ज्ञान साझेदार प्रेसिडेन्सियल बिजनेस स्कुल


काठमाडौं । ‘आईसीटी अवार्ड’को सातौँ संस्करणका लागि ज्ञान साझेदारको रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुल आबद्ध भएको छ । कलेज गत दुई वर्षदेखि नै यस अभियानमा सहकार्य गर्दै आइरहेको छ । सोमबार प्रेसिडेन्सियल बिजनेस स्कुलका कार्यकारी अध्यक्ष लक्ष्मण केसी र आईसीटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आईसीटी अवार्ड २०२२ को ‘नलेज पार्टनर’को रुपमा अवार्डमा सहभागी स्टार्टअप, इन्नोभेटरहरुलाई विशेष कार्यक्रम समेत सञ्चालन गर्नेछ । अमेरिकन बिजनेस डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल बिजनेस स्कुलले केही वर्षदेखि आईटी शैक्षिक कार्यक्रमअन्तर्गत बीएससी आईटी, एमएससी आईटी र एमबीए आईटीका कोर्सहरु सञ्चालन गरिरहेको छ । यसैगरी कलेजले हरेक वर्ष आईटी कन्क्लेभ पनि आयोजना गर्ने गरेको छ । सन् २०१६ बाट सुरु भएको ‘आईसीटी अवार्ड’को सातौँ संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रक्रिया सुरु भएको छ ।

यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२’ पनि आयोजना हुँदै छ । लिभिङ विथ आईसीटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आईसीटी अवार्डको छनौट प्रक्रियामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना विशिष्ट सल्लाहकारहरु छन् ।

यस वर्ष साउथ एसियाबाहेक अन्य ११ विधामा चार सय बढीको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेप्टेम्बर ३० तारिखसम्म मनोनयन खुल्ला छ । आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कात्तिक तेस्रो साता देशैभरका सयभन्दा बढी डिजिटल स्टार्टअपको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया