Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई दशैँ अफर,चौथो हप्ताको नतिजा घोषणा

आईएमई दशैँ अफर,चौथो हप्ताको नतिजा घोषणा


काठमाडौं । तिहार, छठ र नेपाल सम्वत्जस्ता चाडपर्वहरूका अवसरमा आईएमईले सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दशैँ अफरअन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार कुवेत र संयुक्त अरब इमिरेट्सबाट आईएमईमार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका थिए । विजेताद्वयले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै सेवाग्राहीहरू सिर्जना राई, आरती शाह, राजकुमार कुशवार, शुकबहादुर राई, बेगम वि.क, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट भएका छन् । उनीहरू प्रत्येकले एक/एक सेट सामसङ मोबाइल उपहारस्वरूप प्राप्त गर्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया