Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनआईसी एसिया बैंकका ग्राहकहरूलाई भाटभटेनीमा १० प्रतिशत छुट

एनआईसी एसिया बैंकका ग्राहकहरूलाई भाटभटेनीमा १० प्रतिशत छुट


काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरूले भाटभटेनी सुपरमार्केटमा डेबिट/क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग एपबाट स्मार्ट क्यु आर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म छुट पाउने भएका छन् । बैंकले दशैं, तिहार, छठलगायतका पर्वको पावन अवसरमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यही असोज १ देखि २०७९ कात्तिक १५ सम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद डिजिटल भुक्तानी गर्ने ग्राहकहरूलाई उक्त आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकले यसअघि सार्वजनिक गरेको ‘दशैं–तिहार महोत्सव’ योजनामा पनि भाटभटेनी सुपरमार्केटलगायत सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (पाँचवटा शाखामा मात्र) लगायत दर्जनौँ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराइरहेको छ । जसअनुसार २०७९ कात्तिक १५ सम्म सेल्सबेरी, बिगमार्ट र साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पस तथा एनआईसी एसिया मो बैंकमार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा तीन सय रुपैयाँसम्म क्यासब्याक तथा छुट उपलब्ध छ । त्यसबाहेक उक्त योजनामा विभिन्न ब्राण्डबाट अनलाइन सामग्री खरिद गरी ई–कमर्स भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुटको प्रबन्ध मिलाइएको छ ।

एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ सञ्जाल विस्तार गरेको बैंक हो । बैंकले मुलुकभर तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ४१ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया