Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसुङको ग्यालेक्सी एस–२० तथा एस–२० प्लसको प्रि–अडर खुला

सामसुङको ग्यालेक्सी एस–२० तथा एस–२० प्लसको प्रि–अडर खुला


काठमाण्डौँ,फागुन १८

नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसुङ नेपालले हालै आफ्नो प्रि–अडर अफरअन्तर्गत ग्यालेक्सी एस–२० स्मार्टफोन प्रस्तुत गरेको छ । सामसुङको यो फ्ल्यागसिप डिभाइसमा आधारभूत परिवर्तन गरिएको छ, जसले गर्दा यो फोनले हाम्रो संसारलाई क्याप्चर गर्नलाई थप सहजता प्रदान गर्दछ । नेपालमा फागुन ३० गतेदेखि ग्यालेक्सी एस–२० र एस–२० प्लस उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै प्रि–अडर गर्ने उपभोक्ताहले यी फोनहरू सो मिति भन्दा अगाडि नै पनि पाउने कम्पनीको भनाइ छ । सामसङको ग्यालेक्सी एस–२० को नेपाली बजार मूल्य एक लाख सात हजार चार सय ९९ रूपैयाँ र एस२० प्लसको मुल्य एक लाख १९ हजार चार सय ९९ रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्यालेक्सी एस–२० सिरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार हो, जसले उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सकिन्छ । जीवन्तरूपमा फोटो खिच्ने तरिका एवं आफ्नो विषयवस्तुलाई बेग्लै तरिकाबाट प्रस्तुत गर्ने स्वतन्त्रता यसले प्रदान गर्दछ । कम्पनीका अनुसार एस–२० सीरिजमा सामसुङका विशेष सुविधाहरू रहेका छन् । यो सीरिजमा उत्कृष्ट हार्डवेयर एवं फिचर्सहरू रहेका छन् । उच्चस्तरीय फोटो खिच्नको लागि एस–२० सिरिजमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर राखिएको छ । दुवै फोनमा ३० एक्ससम्मको जुम रहेको छ । साथै सिङ्गल टेकले एकै साथ रियर क्यामरामा रहेको सबै लेन्सहरूको प्रयोग गर्दछ । यसमा विभिन्न फाम्र्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सकिने कम्पनीको भनाइ छ । साथै ग्यालेक्सी एस–२० संसारको एक मात्र स्मार्ट फोन हो जसबाट आठ के भिडियो रेकर्डिङ गर्न सकिन्छ ।

ग्यालेक्सी एस–२० तथा एस–२० प्लसको गत बुधबारदेखि नै अग्रिम अर्डर खुलिसकेको कम्पनीले जनाएको छ । सामसङको स्टोरमा पाँच हजार रूपैयाँ जम्मा गरेर एस–२० सिरिजको अर्डर गर्न सकिन्छ । एस–२० दुईवटा कलर कस्मिक ग्रे र क्लाउड ब्लु तथा एस–२० प्लस तीनवटा कस्मिक ब्ल्याक, कस्मिक ग्रे र क्लाउड ब्लु कलरमा उपलब्ध रहने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २० प्लस अग्रिम अर्डर गरेका ग्राहकहरूले ग्यालेक्सी बड्स प्लस निःशुल्क वा ३२ इन्चको सामसुङ टीभी पाँच हजार नौ सय ९९ रूपैयाँमा खरिद गर्न सक्नेछन् । साथै, ग्यालेक्सी एस–२० अग्रिम अर्डर गरेका ग्राहकहरूले दुई हजार नौ सय ९९ रूपैयाँ थप गरी ग्यालेक्सी बड्स प्लस वा ३२ इन्चको सामसुङ टीभी आठ हजार नौ सय ९९ सय रूपैयाँमा खरिद गर्न सक्ने कम्पनीले बताएको छ । साथै अग्रिम अर्डर गरेका ग्राहकहरूले ग्यालेक्सी उपहार स्वरूप टर्किस एअरलाइन्समा, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेजहरूमा, लेट मि इनका सेवाहरूमा, बयोधा हस्पिटलमा एवं केजीएच ग्रुपको प्रोपर्टिजमा भारी छुट पाउनेछन् । अग्रिम अर्डर गरेका ग्राहकहरूलाई एक पटकको टुटफुटमा १२ महिनाको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया