‘दशैं तिहार भिभोको साथमा दैनिक उपहार हातमा’
काठमाडौं । दशैं तिहारलाई लक्षित गर्दै स्मार्टफोन ब्राण्ड भिभोले प्रयोगकर्ताहरुको जीवनमा उत्साह र उमंग थप्न सेप्टेम्बर ८ देखि अक्टोबर ३१ तरिखसम्मका लागि ‘दशैं तिहार भिभोको साथमा, दैनिक उपहार हातमा’ योजना ल्याएको हो ।
भिभोले चाडपर्वको उत्साहमा सहभागी हुन र समुदाय तथा प्रयोगकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्न आफ्ना ग्राहकहरूलाई विभिन्न आकर्षक उपहारहरु ल्याएको थियो, जसअन्तर्गत, दुई भाग्यशाली प्रयोगकर्ताहरूले भी २५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउनेछन् । साथै भिभो स्मार्टफोनको खरिदमा,हरेक हप्ता एक जनाले वाई१५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टिडब्लूएस २ई, हरेक दिन तीन जनाले एन्कर यू२आई र चार जनाले विश्वकप फुटबल तथा ३० हजार भन्दा बढीको फोन खरिदमा छ महिनाको थप वारेन्टी पाउन सक्नेछन् ।
योजनाअन्तर्गत चार सयभन्दा बढीले आकर्षक उपहार जित्न सक्नेछन् भने हालसम्म एक सय ५० भन्दा बढीले उपहार जितिसकेका छन् । यस योजना सीमित अवधिका लागि मात्र उपलब्ध छ । योजना सकिन मात्र केही समय बाँकी छ तर हामीसँग अझै हात खाली नजाने उपहारहरु छन् ।
यस योजनामार्फत भिभोले प्रयोगकर्तालाई विशेष महशुस गराउने र चाडपर्वमा उमंग थप्ने कोसिस गरेको छ । साथै, यस योजनामा सहभागिताको सहजता र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न भिभोले चाडपर्वका अफरमा सहभागी हुने प्रक्रियालाई सहज बनाएको छ । दशैँको लक्की ड्रमा सहभागी हुनका लागि, प्रयोगकर्ताहरूले भिभो नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ, वा भिभोको वेबसाइटमा गएर फारमको विवरण पेश गर्नुपर्नेछ र केही सेकेण्डमा, प्रयोगकर्ताले जितेको पुरस्कार डिस्प्ले हुन्छ ।
अफरहरू यही ३१ अक्टोबरसम्म मात्र उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया