स्थापना दिवसको अवसरमा प्रभु हस्पिटलले बिरामीलाई छुट
काठमाडौं । प्रभु हस्पिटलले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा ५० प्रतिशत ओपीडी छुटसहितको साताव्यापी कार्यक्रमहरु गर्न लागेको छ । वीरगन्जको पानीटंकीमा रहेको प्रभु हस्पिटलले वृक्षरोपण, शैक्षिक सामग्री वितरण, पाठेघर क्यान्सरको जनचेतनासहित रक्तदान कार्यक्रमलगायतको कार्यक्रमहरु गर्नलागेको छ ।
स्थापना दिवसको अवसरमा सोमबार न्यूरो ओपीडी, मंगलबार अर्थो, बुधबार पेडिया डेन्टिरस, बिहीबार फिजिसियन कार्डो, शुक्रबार गाइनो र सर्जन ओपीडीमा ५० प्रतिशतको छुटसहितको सुविधा बिरामीहरुका लागि दिनलागेको जनाएको छ । हस्पिटलको स्थापना दिवसको अवसरमा पाठेघरको क्यान्सर र असन्तुलित हर्मोनसम्बन्धी जनचेतनाको साथै चाडपर्व र डेंगु रोगको प्रकोपलाई लक्षित गर्दै शनिबार बृहत् रक्तदान कार्यक्रम गर्न लागेको हस्पिटलका सञ्चालक डा. मनोज गुप्ताले जानकारी गराएका छन् ।
खासमा उमेर बढेसँगै महिलामा हुने असन्तुलित हर्मोनको कमी र पाठेघरको क्यान्सरबारे मधेश प्रदेशमै जनचेतनाको कमी भएकाले त्यसबारे जानकारीका लागि जनचेतनालगायतको कार्यक्रम गर्न लागेको हस्पिटलकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापाले जानकारी गराएकी छिन् ।
स्थापना दिवसको अवसरमा आज हस्पिटल अगाडि भएको वृक्षरोपण कार्यक्रममा वडा नं. ८ का पूर्व वडाअध्यक्ष राजकिशोर गुप्ता, हालका वडा सदस्य गफार अन्सारी, टोल सुधार समितिका अध्यक्ष सञ्जय श्रीवास्तव, मिना बजार सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बासु सहनी, उपाध्यक्ष प्रवेज सर्राफ, कोषाध्यक्ष रामाधार सर्राफ, हस्पिटलका सञ्चालकद्वय डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा गुप्ता, सामाजिक अभियन्ता दिलिप राज कार्कीलगायतको उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया