Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखाना र खेतीपाती प्रवर्द्धन गर्न ध्यानाकर्षण

खाना र खेतीपाती प्रवर्द्धन गर्न ध्यानाकर्षण


काठमाडौं । खाद्यका लागि कृषि अभियान र सम्बद्ध संघसंस्थाहरुले सम्पूर्ण स्थानीय सरकारलाई खानाका लागि खेतीपातीको प्रवद्र्धन गर्न ध्यानाकर्षण गराएका छन् । अभियान र संघ/संस्थाहरुले इमेलमार्फत ध्यानाकर्षण पत्र पठाएर ध्यानाकर्षण गराएका छन् । ४२औँ खाद्य दिवस नजिकिँदै गर्दा अभियानले स्थानीय तहलाई खाना, खेतीपाती र जनस्वास्थ्यका सवालहरुमा ध्यानाकर्षण गराएको हो ।

अभियानले ध्यानकर्षण पत्रमा मानिस मात्रका कारणले प्रकृतिमा व्यापक फेरबदल आएको र यसले बहुसंख्यक जीवनयापनका आयाममा संकट थप्दै लगेको बताएको छ । वर्षेनी बढिरहेको खाद्यान्न आयात, जथाभावी प्रयोग गरिएको कृत्रिम रसायन र घातक विषादी, निर्जीव हुँदै गइरहेको माटो, नेपालको प्रमुख कृषि उत्पादन र जनस्वास्थ्यका संकटको सूचक भएकाले समग्र खेतीप्रणाली र खाद्य प्रणाली दिगो बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको बताउँदै अभियानले किसानको आलीदेखि चुल्होसम्म देखेको स्थानीय सरकारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर आफ्नो क्षेत्रको बाली, आली र थाली सपार्न ध्यानकर्षण गराइएको हो ।

विश्व खाद्य दिवसको अवसरमा अन्तर्राष्ट्रिय रुपमै कार्यक्रम हुँदै आइरहेका छन् । हरेक वर्ष अक्टोवर १६ मा मनाइने खाद्य दिवस यस वर्ष पनि ‘उत्पादन, पोषण र वातावरणमा सुधार  सुखी जीवनको आधार’ भन्ने नारासहित मनाउन लागिएको हो ।  अभियानमा आबद्ध संस्थाहरुले खाद्य दिवसको अवसर पारेर विभिन्न संघ, संस्थाहरुले संघ, प्रदेश र स्थानीय तहमा -याली, गोष्ठी र रैथाने साँझ सञ्चालन गरिने भएको हो ।

तीनै तहमा कृषि, खाना, र खेतीपातीसँग सम्बन्धित रहेर कार्यक्रम आयोजना गरिने भएको छ । अभियानले ध्यानाकर्षण पत्रमार्फत सम्पूर्ण स्थानीय तहलाई ४२औँ विश्व खाद्य दिवसको अवसरमा गरिने कार्यक्रमहरुमा सहभागी हुन आह्वान पनि गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया