Techie IT
×
गृहपृष्ठकर्पोरेट‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुने

‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुने


काठमाडौं । काठमाडौंमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौंको बानेश्वर ब्यान्क्वेटमा आगामी कात्तिक १८ र १९ गते आयोजना हुने फेस्टमा सयभन्दा बढी स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहने आयोजक लिभिङ विथ आईसीटीले जनाएको छ ।

लिभिङ विथ आईसीटीले यसअघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं बाहिरबाट ४० बढी स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको छ । आयोजकका अनुसार काठमाडौमा आयोजना हुने स्टार्टअप फेस्ट यस वर्षको आठौँ कार्यक्रम हो, जसमा काठमाडौंबाहिरका ४० बढी स्टार्टअप र आईसीटी अवार्ड २०२२ को प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ सहित ५० बढी स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले सहभागिता जनाउनेछन् । यस फेस्टमा विभिन्न संस्थाहरुले विकास गरेका नयाँ प्रविधि तथा इन्नोभेसन, रोबोट, ड्रोन र रकेट साइन्सका उपकरणहरु समेत प्रदर्शनमा रहनेछन् । काठमाडौं बाहिरबाट सहभागी हुने ४० बढी स्टार्टअप र आइडियाका सस्थापकहरुलाई किङ्स कलेजले तीन दिनको बुटक्याम्प सञ्चालन गर्नेछ । यसैगरी विभिन्न आईटी कम्पनीमा भिजिट र मेन्टरिङका सेसनहरु पनि सञ्चालन हुनेछन् ।

फेस्टमा इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ को प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरुले पनि सहभागिता जनाउनेछन् । उनीहरुलाई अवलोकनकर्ताले प्रत्यक्ष भोटिङ गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ । उत्कृष्ट ५ को छनौटको लागि उनीहरुले सोही दिन प्रिजेन्टेसन एण्ड स्पिड डेटिङ सेसनमा पनि सहभागी हुनेछन् । यसबाहेक अन्य राम्रा इन्नोभेसनहरु भएमा पनि सहभागिता जनाउन सकिने आयोजकले जानकारी गराएको छ । उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजी, बीआईसी टेक्नोलोजी, बिहे नेपाल, क्युरा हेल्थ, ड्यानसन सोलुसन, डिजिटल लर्निङ नेपाल, फ्रेस केटिएम एग्रो, कैंचो ग्रुप, मोनाल टेक, पिक एण्ड ड्रप, रेड टेल फक्स र रिंगेज टेक पर्न सफल भएका छन् । उत्कृष्ट १२ प्रडक्टमा बीडीएमएस प्रो, बिहे नेपाल, डिसिजन मेन्टर, डाइनो सीआरएम, फिनपस, गल्ली म्याप्स, लोन अटोमेसन सिस्टम (क्रेडिट एक्स माइक्रो), रिंगेज भ्वाइस ब्रोडकास्टिङ स्कुल वर्क्स प्रो, स्मार्ट अफिस, टिग र भैरव ट्रिडेन्ट परेका छन् ।

यस्तै विद्यार्थीले बनाएका उत्कृष्ट १२ इन्नोभेसनमा आस्क म्याटरब, कमर्सिएलाइजेसन अफ अटोनोमस इगल आई अन म्यान्ड एरियल भेहिकल (युएभी), कारोबार एप, मेजरमी डट एआई, मेरो स्वास्थ्य, नयन, नेप्टु, पाइथन भ्वाइस असिस्टेन्ट, सारङ्ग, एसओएल बिन, टिस्क्यान र स्पष्ट नेपाली पर्न सफल भएका छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आईसीटी अवार्डको स्टार्टअप विधामा ४५ वटा डिजिटल स्टार्टअप, प्रडक्ट विधामा ३६ आईसीटी प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा ५२ वटा युवाहरुको इन्नोभेटिभ आइडियाले आवेदन दिएका थिए । प्राप्त आवेदनमध्ये अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले दुई चरणको छनौटपश्चात् उत्कृष्ट १२ को नाम छनोट गरिएको हो । यसैगरी अन्य नौ विधामा अवार्डको छनौट प्रक्रिया जारी छ ।

पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्डको पहिलो चरणको छनौट प्रक्रिया सञ्चालनमा छ । यसैगरी डिजिटल एजुकेसन आईसीटी अवार्ड पब्लिक सेक्टर र प्राइवेट सेक्टर, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस आईसीटी अवार्डको विधामा पनि छनौट प्रक्रिया सञ्चालन भइरहेको छ । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया