नेपाल र इटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने
काठमाडौं । नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई)ले नेपाल र इटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने भएको छ । संघको सोमबार बसेको द्विपक्षीय बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानीबारे छलफल भएको थियो ।
बैठकमा नेपाल, भारतका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुकाले इटालियन दूतावासले इटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरूको व्यापार मेला आयोजना गर्ने योजना बनाएको बताए । इटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवर्द्धन गर्न विभिन्न परियोजनाहरू आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि इटालीमा प्रचार प्रवर्द्धन गर्ने योजना बनाएको उनको भनाइ थियो । उनले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो देखाउँदै नेपालका उद्यमी र व्यवसायहरु इटालीमा फस्टाउन सक्दो सहयोग गर्ने बताए ।
यस्तै एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले एनआईसीसीआईले २०३० मा रोममा हुन गइरहेको ‘ग्रान्ड इन्टरनेशनल एक्स्पो’मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको बताए । जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदायहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता, आर्थिक र सामाजिक विकासको लागि डिजिटल कनेक्टिभिटीजस्ता कुराहरुबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्य लिएको उनको भनाइ छ । एनआईसीसीआईले आगामी मार्च २०२३ मा इटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ ।
नेपाल र इटाली सांस्कृतिक रुपमा धनी छन् र एकआपसमा आफ्ना संस्कृति आदानप्रदान गर्दै आइरहेका छन् । सन् २०१५ मा नेपालमा गएको भूकम्पपछि इटाली र नेपालको सम्बन्धमा नयाँ आयाम थपिएको छ जसमा नेपालका लागि इटालीले आर्थिक सहयोग जुटाएको थियो । बैठकले नेपाललाई इटालीमा नेपालको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको छ । साथै इटालीले पनि नेपालमा व्यापार र पर्यटन प्रवर्द्धन गर्ने अवसर पाएका छन् ।
एनआईसीसीआईका उपाध्यक्ष अग्रवालले नेतृत्व गरेको उक्त बैठकमा नेपाल, भारतका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुका, इटालीको लागि कोलकाताका महावाणिज्य दूत जियानलुका रुबागोटी, इटालीको लागि दिल्लीका महावाणिज्यदूत र इटालीका लागि नेपालका महावाणिज्यदूत श्रीमती प्रतिमा राणा पाण्डेको उपस्थिति रहेको थियो । एनआईसीसीआईका मानार्थ सदस्य राजेश काजी श्रेष्ठ र अन्य वरिष्ठ कार्यकारी समिति सदस्यहरू समेत बैठकमा उपस्थित थिए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया