बुंगमतीको प्रवर्द्धनका लागि ‘बुंग महोत्सव’
काठमाडौं । काठमाडौँबाट नजिकै रहेको सम्पदा बस्ती बुंगमतीमा ‘बुंग महोत्सव’ गरिने भएको छ । भूकम्पले थलिएको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक नेवारी बस्ती बुंगमतीलाई पुनर्जीवित गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो ।
शनिबार बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्ने महोत्सवमा परम्परागत बाजा, सांगीतिक धुन, नृत्यसँगै नेवारी खाना, काष्ठकला, हस्तकला र परम्परागत सीप प्रदर्शन गरिनेछ । महोत्सवमा सहभागी हुन कुनै पनि शुल्क लाग्नेछैन । युरोपियन युनियनको सहयोगमा स्विच एसिया कार्यक्रमअन्तर्गत यूएन ह्याबिट्याट, लुमन्ती, सीआईयूडी, आईएचएस र सभा नेपालद्वारा सञ्चालित पर्य–सम्पदा परियोजनाले महोत्सव व्यवस्थापन गर्ने जिम्मा ‘इकोज इन द भ्याली’लाई दिएको छ ।
बुंग महोत्सवमा सांगीतिक रमाइलोसँगै बुंगमतीलाई नजिकबाट नियाल्न र अनुभव गर्न मिल्ने गरी कार्यक्रमको व्यवस्थापन गरिएको ‘इकोज इन द भ्याली’का सहसंस्थापक भूषण शिल्पकारले जानकारी दिएका छन् । बुंगमती धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको सम्पदा बस्ती हो । जहाँ मत्स्येन्द्रनाथ, ह्याग्रिव भैरव, प्रथमपुर विहार, कार्यविनायक मन्दिरसँगै थुप्रै फल्चा र पोखरीहरु छन् । सिंगो बस्तीलाई पुनर्जीवित गर्ने उद्देश्यका साथ महोत्सवको दिन बस्तीका विभिन्न ठाउँमा दशवटा सांगीतिक ब्याण्डले आफ्नो प्रस्तुति दिनेछन् ।
मच्छिन्द्रबहालमा कुटुम्ब, रैथानेलगायतका नेपाली धुन सुनाउने संगीत ब्याण्डको प्रस्तुति रहनेछ भने प्रथमपुर विहार पञ्चामृत, कल्पकुञ्जलगायतको संगीतले गुञ्जायमान हुनेछ। यस्तै बाः छेँ फल्चामा बर्ता गन्धर्वको सारङ्गीको धुन सुन्न र वर्ड वारियरको प्रस्तुति हेर्न पाइनेछ । महोत्सवको अर्को आकर्षण भनेको सम्पदा बस्ती भ्रमण पनि हो । बुंगमतीको महत्वबारे बुझ्न र यहाँका पुरातात्विक महत्व बोकेका सम्पदाहरुबारे थाहा पाउन यो भ्रमण फलदायी हुने अपेक्षा गरिएको छ ।
यस्तै ‘बुंगमती हेरिटेज वाल्क’मा स्थानीय गाइडले बुंगमती घुमाउनेछन् । बुंगमती भ्रमण गर्न चाहनेले अनलाइनबाट फारम भर्नुपर्ने हुन्छ । यस्तै बालबालिकाको लागि विभिन्न परम्परागत खेलहरुमा सहभागी हुने वातावरण पनि मिलाइएको ‘इकोज इन द भ्याली’ले जनाएको छ । यसका अलावा फोटो प्रदर्शनी, फेस पेन्टिङ, रञ्जना लिपिको क्यालिग्राफीसँगै बुंगमतीका स्थानीयको परम्परागत सीप र कौशलको समेत प्रदर्शनी हुनेछ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- महिन्द्राको ‘ट्रियो र यारी’मा नगद छुट र एक्सचेन्ज अफर
- ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया