Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओएसएमका तीनपांग्रे विद्युतीय सवारी नेपालमा सार्वजनिक गरिने

ओएसएमका तीनपांग्रे विद्युतीय सवारी नेपालमा सार्वजनिक गरिने


काठमाडौं । एमएडब्लू वृद्धिले ओएसएमका तीनपांग्रे विद्युतीय सवारीसाधन यही असोज ३० गते नेपालमा सार्वजनिक गरेको भएको छ ।

ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले नेपालले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने तथा कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि सहयोग पुग्ने भएकोले ती सवारीसाधन नेपालमा ल्याउनलागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ओमेगा सिक्की मोबिलिटी (ओएसएम) एंगेलियन ओमगा ग्रुप अफ बिजनेसको सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पाट्र्स निर्माणमा केन्द्रित छ ।

समूहले पछिल्लो पाँच वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ । विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रालिले आफ्नो इन–हाउस आरएन्डडी सुविधामा थ्री ह्विलर सवारीसाधनहरू आकर्षक डिजाइनमा विकास गरेको हो ।

कार्गाे सवारीसाधनका लागि पूर्वको टेस्ला बन्नको लागि यो कम्पनी भारतको नयाँ दिल्लीमा प्यान एसिया ब्रान्ड निर्माण गर्ने परिकल्पनामा कम्पनी सुरुवात भएको कम्पनीको भनाइ छ । इलेक्ट्रिक थ्री व्हिलरवाट आफ्नो यात्रा सुरु गरेको कम्पनीले छोटो समयमै फोर ह्विलर र टु ह्विलरमा पनि आफ्नो उपस्थिति जनाउँदै गएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया