दराजद्वारा नयाँ मेम्बरसिप प्रोग्राम दराज क्लब सुरु
काठमाडौं । अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बरसिप प्रोग्राम दराज क्लब सुरु गरेको छ । यो नयाँ सुविधामार्फत ग्राहकहरुले दराज एपमार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् भने ग्राहकहरुले दराज एपमा प्रत्येक खरिदारीपछि जेम्स कमाउन सक्ने पनि कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दराज क्लबको सदस्य बनेर ग्राहकहरूले उच्च जेम्स रिडेम्पसन, थप पुरस्कार र विशेष भाउचरहरूलगायतका अन्य फाइदाहरू प्राप्त गर्नेछन् भने यी सुविधाहरूमार्फत ग्राहकहरूले आफ्ना अर्डरहरूमा अतिरिक्त छुट प्राप्त गर्न र थप बचत गर्न सक्नेछन् । दराज क्लब आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध छ ।
नयाँ सुविधा प्राप्त गर्न ग्राहकहरुलाई आफ्नो दराज एप अपडेट गर्न अनुरोध गरिएको छ । क्लबमा सामेल हुन ग्राहकहरूले डिसेम्बर ३१, २०२२ सम्म कम्तीमा २५ सय जेम्सहरु संकलन गर्नुपर्नेछ, जुन दराजमा किनमेल गरेर कमाउन सकिन्छ । डिसेम्बर ३१ पछि, क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरुको न्यूनतम संख्या ३५ सयमा बढाइनेछ । दराज क्लबका सदस्यहरूले मात्र चेकआउटको समयमा छुटका लागि रत्नहरू प्रयोग गर्नसक्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया