टीभीएस बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला’ नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको छ ।
कम्पनीका अनुसार सोमबारबाट सुरु हुने यो मेला कात्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ । यस भव्य मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउनेछन् । यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुई पांग्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा सात हजार रुपैयाँ बढीको मूल्य पाउनेछन् । साथै नकिन्दै एक लाख र किन्दा १० लाखसम्मको नगद छुटको पनि व्यवस्था छ ।
यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र चार हजार दुई सय ७७ रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ । यसबाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर र ब्यागजस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ वाणिज्य बैंक कारबाहीमा
- १० वर्षसम्म मुआब्जा विवादमै रुमलियो सरकारको महत्वाकांक्षी बूढीगण्डकी आयोजना
- फागुनबाट कुलेखानी–फर्पिङ्ग, कुलेखानी–दक्षिणकाली दुवै सडक खण्ड बन्द हुने
- टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ११ हजार नाघ्यो
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया