भिभो भी२५ सिरिज : उत्कृष्ट क्यामेरा विशेषताका साथ परिष्कृत एवं आकर्षक स्मार्टफोन
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभो युवाहरूलाई उनीहरूको व्यावसायिक र व्यक्तिगत प्रयासहरूमा सशक्त बनाउन स्मार्टफोनहरूमा प्रदर्शन, गति, स्टोरेज, डिजाइन, र मूल्यजस्ता सबै पक्षहरुलाई मध्यनजर गर्दै नवीनतम टेक्नोलोजीमा केन्द्रित हुनथालेको छ ।
भिभोले भी सिरिजका प्रत्येक स्मार्टफोनमा पूर्ववर्तीभन्दा केही नयाँ र अद्वितीय विशेषताहरु थप्नका साथै डिजाइन र कार्यसम्पादनको बीचमा राम्रो सन्तुलन कायम गरेर अझ आकर्षक बनाएको जनाएको छ । त्यस्तै, पछिल्लो भी सिरिजका स्मार्टफोनहरू– भी२५ फाइभजी र भी२५ई ले उत्कृष्ट स्टाइल र डिजाइनमा अन्य सबैलाई उछिनेका छन् । भिभो भी२५ सिरिजमा अद्भुत कलर–चेन्जिङ ग्लास प्रविधि समावेश गरिएको छ, जसले सूर्यको प्रकाशमा पर्दा स्मार्टफोनको रङलाई नयाँ रङमा परिवर्तन गर्दछ । एउटै ह्यान्डसेटमा दुईवटा रङको सम्भावनालाई समावेश गरेर, भिभोले विविधता र नवीनताको अर्थलाई पुनः परिभाषित गर्दै नयाँ उपलब्धिलाई सफलतापूर्वक मापन गरेको छ । भिभो भी२५ सिरिजले आफ्नो रङ परिवर्तन गर्ने प्रविधिको माध्यमबाट बोल्ड अभिव्यक्ति झल्काएको छ । साथै, यसले फ्ल्याट फ्रेम र फ्लोराइट एजी ग्लास पनि प्रदान गर्दछ जुन फिंगरप्रिन्ट प्रतिरोधी छ । कार्यक्षमताको सन्दर्भमा, यी सुविधाहरूले स्मार्टफोनलाई पकड्न र बोक्न सजिलो बनाउँछ ।
यस्तै नयाँ भी२५ सिरिज उत्कृष्ट क्यामेरा क्षमताहरू र सहज इमेजिङ प्रविधिको साथ आउँछ । भी२५ फाइभजी र भी२५ई मा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ, जसले कम प्रकाशमा पनि अल्ट्रा–एचडी फोटाहरू र भिडियोहरू खिच्छ । यस्तै यसको पछाडिको क्यामेराले प्रयोगकर्ताहरूलाई हाइब्रिड इमेज स्थिरता प्रदान गर्दछ । साथै अप्टिकल इमेज स्थिरीकरण (ओआईएस) र इलेक्ट्रोनिक इमेज स्थिरीकरण (ईआईएस) को संयोजनले क्यामेरा हल्लिरहेको बेलामा पनि स्पष्ट भिडियोहरू खिच्न मद्दत गर्ने कम्पनीको भनाइ छ । यसैगरी भी२५ सिरिजमा बोकेह फ्लेयर पोट्र्रेट छ, जसले डुअल क्यामेरा प्रणाली र एआई एल्गोरिदमको प्रयोग गरेर प्वाइन्ट लाइट स्रोतहरूलाई ब्याकग्राउन्डमा प्रशोधन गरी सुन्दर फ्लेयर बोकेहमा परिणत गरी रात्रि फोटोग्राफीको अनुभवलाई उत्कृष्ट बनाउन र आकर्षक तस्बिरहरू लिन मद्दत गर्दछ ।
त्यस्तै भी२५ फाइभजीमा ५०एमपी अटोफोकस एचडी पोट्र्रेट फ्रन्ट क्यामेरा छ । भी२५ई मा ३२एमपी एफएफ फ्रन्ट क्यामेरा प्रदान गर्दछ, जसले आफ्ना प्रयोगकर्ताहरूलाई फोटोग्राफी मापदण्डहरू पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ । त्यस्तै प्रिमियम क्वालिटीको भिडियोहरु सहजै बनाउन भिभो भी२५ सिरिजमा उन्नत भिडियो–सम्पादन सफ्टवेयर छ । भिभो भी२५ सिरिजमा ४४ वाट फ्ल्यास चार्ज छ, जसले फोनलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न सक्षम बनाउँछ । त्यस्तै ४५०० एमएएचको विशाल ब्याट्रीले प्रयोगकर्ताहरूलाई विना कुनै चिन्ता आफ्नो उपकरणहरूमा रमाइलो गर्न र अधिक समय बिताउन अनुमति दिन्छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया