Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयुरोपको सबैभन्दा ठूलो घरेलु उपकरण ब्रान्ड ‘बोस’ अब नेपालमा

युरोपको सबैभन्दा ठूलो घरेलु उपकरण ब्रान्ड ‘बोस’ अब नेपालमा


काठमाडौं । युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बीएसएच होम अप्लायन्सेसको ‘बोस’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रा.लिसँगको साझेदारीमा बीएसएच होम अप्लायन्सेसले नेपालमा बोस ब्रान्ड सार्वजनिक गरेको हो ।

बीएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोस ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना राखेको छ । कम्पनीले काठमाडौंस्थित कमलादीमा रहेको आईटी प्लाजामा बोसको अत्याधुनिक स्टोरको स्थापना समेत गरेको छ । स्टोरमा बोसका उच्च गुणस्तरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवासर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ । यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू हुन् । बोसले नेपाली बजारमा प्रवेश गरेलगत्तै गुणस्तरीय सामग्री पाउने कम्पनीको विश्वास छ ।

नेपाली बजारमा बोश भित्र्याउँदै बीएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्धनिर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले भनेका छन्, ‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौँ। सार्कराष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम समेत साबित भएको छ ।’

बहलका अनुसार नेपालमा घरेलु उपकरणहरूको बजार द्रुतरूपमा बढिरहेको छ । यस्तोमा जर्मन विरासतमा आधारित बोस ब्रान्डका उपकरणहरूले राम्रो बजार प्रदर्शन गर्नेमा उनी सकारात्मक छन् । यसका हरेक उपकरणहरू उपभोक्ता–केन्द्रित हुनाले विश्वबजारले समेत बोस ब्रान्ड निकै रुचाएको उनी बताउँछन् । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठले लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैं अग्रपंक्तिमा रहेको बताए । उनले बोस ब्राण्डका उपकरणहरूको गुणस्तरमा आफूहरू विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको बताए ।

कम्पनीका अनुसार नेपाली बजारमा बोशको ‘बोस म्याक्स–फ्लेक्स रेफ्रिजिरेटर’ र ‘वाटर–डिस्पेन्सरसहितको बोस फ्रस्ट–फ्री कन्भर्टिबल डबल–डोर रेफ्रिजिरेटर’ गरी दुई प्रकारको रेफ्रिजिरेटर नेपाली बजारमा उपलब्ध छन् । तीनवटा ढोका भएको बोसको म्याक्स–फ्लेक्स रेफ्रिजिरेटरमा उपभोक्ताहरूको लागि पर्याप्त मात्रामा स्पेस/ठाउँ दिइएको छ । यसको बीच भागमा तापक्रम समायोजन गर्न मिल्ने विशेषता पनि दिइएको छ । आवश्यकताअनुसार यसलाई फ्रिज वा फ्रिजरको रूपमा उपयोग गर्न सकिन्छ । यस्तै वाटर–डिस्पेन्सरसहितको बोस फ्रस्ट–फ्री कन्भर्टिबल डबल–डोर रेफ्रिजिरेटरमा फ्रेससेन्स सेन्सर दिइएको छ, जसले फ्रिजरको तापक्रम, फ्रिज र यसको परिवेशलाई नियन्त्रणमा राख्छ ।

यस्तै कम्पनीले विभिन्न प्रकारका वासिङ मेसिन र ड्रायर्स पनि नेपाल भित्र्याएको छ । कम्पनीले फ्रिस्ट्यान्डिङ र बिल्ट–इन रेन्ज गरी दुई भेरियन्टमा वासिङ मेसिन सार्वजनिक गरेको छ । यो मेसिनमा कपडा धोएपछि कपडाको गुणस्तर यथावत् रहन्छ भने विश्वबजारमा यसमा भएको ठूलो ड्रम आकारले गर्दा प्रख्यात छ । यस्तै वासर ड्रायरले वासिङ मेसिनमा कपडा धुनुका साथै सुकाउन पनि सकिन्छ ।

बोशको डिसवासरमा पनि -याकम्याटिक र होम कनेक्टजस्ता विशेषता पाउन सकिन्छ । यसमा भाडा भिजाउने, धुने/पखाल्ने र सुकाउन सहज हुने विशेषता पनि समावेश गरिएको छ । यस्तै कम्पनीको अन्य उपकरणहरूमा मिक्सर ग्रान्डर र फुड प्रोसेसर छ । यस्तै बोसको मिक्सर ग्रान्डर, हाते ब्लेन्डर, जुसर र फुड प्रोसेसरको मद्दतमा भान्सामा काम गर्न सहज हुने पक्का छ । बोसका हरेक उपकरणहरू राम्ररी डिजाइन गरिएका छन् । बोसका केही उपकरणहरूमा ‘होम कनेक्ट’ विशेषता दिइएको छ, जसले गर्दा स्मार्टफोन वा ट्याब्लेटले उपकरणहरू व्यवस्थापन गर्न सकिन्छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया