राउण्ड टेबलद्वारा सम्मानजनक छवि बनाउन सफल व्यक्तिलाई सम्मान
काठमाडौं । राउण्ड टेबल नेपालले राउण्ड टेबल इन्टरनेशनलमा आफ्नो सम्मानजनक छवि बनाउन सफल व्यक्तित्वहरुलाई सम्मान गरेको छ । शुक्रबार संघीय राजधानी काठमाडौंमा एक सम्मान समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा नेपाली नागरिकको तर्फबाट पहिलो पटक राउण्ड टेबल इन्टरनेशनलको अध्यक्ष बन्न सफल जयन्त अग्रवाल, राउण्ड टेवल इन्टरनेशनलका एसिया प्यासेफिक अध्यक्ष सौरभ केडिया, राउण्ड टेबल इन्टरनेशनलकाका कन्टेन्ट क्रिएटर तथा बोर्ड असिस्टेन्ट विमल सिद्धार्थ वेद रहेका थिए । उनीहरुलाई राउण्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले सम्मान प्रदान गरेका हुन् । सम्मान समारोहमा डेढ सयभन्दा बढीको उपस्थिति थियो । राउण्ड टेबल इन्टरनेशनलअन्तर्गत विश्वका ६५ देशमा ३० हजार सदस्यहरु रहेका छन् ।
राउण्ड टेबल नेपाल, नेपालमा सन् १९८९ मा चन्द्र कुमार गोल्छाको अग्रसरतामा सुरुवात भएको थियो । यसअन्तर्गत हालसम्म देशका १२ वटा सहरमा ३३ वटा टेबल गठन भइसकेका छन् । राउण्ड टेबल नेपालले ‘शिक्षामार्फत स्वतन्त्रता’ नामक दीर्घकालीन परियोजना चलाउँदै आएको छ । राउण्ड टेबल नेपालले ५० भन्दा बढी विद्यालयहरुको अपनत्व ग्रहण पनि गरिसकेको छ । ती विद्यालयमा तीन सय ८० भन्दा बढी कक्षाकोठा निर्माण गरी धेरै विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । टेबलले देशभरिका २० हजार छात्रछात्राहरुका लागि अध्ययन गर्ने वातावरण समेत बनाएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया