सेन्साइको ‘३ को झट्का’ योजनाको पहिलो विजेता घोषण
काठमाडौं । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साइले नेपालीहरूको चाड दशैँ तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘सेन्साइ ३ को झट्का’ नामक योजनाको पहिलो विजेता घोषणा गरेको छ । यस पहिलो लक्की ड्रको विजेता वीरगञ्ज निवासी अकलेश कुमार पटेल रहेको कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत सेन्साइ ब्रान्डका कुनै पनि सामानको खरिदमा लक्की ड्रमार्फत बम्पर उपहारमा ‘आर १५ भिथ्री बाइक’ र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिनेछ । सोही योजनाअन्तर्गत पहिलो लक्की ड्रको बिजेता सेन्साइ ब्रान्डको आधिकारिक फेसबुक पेजमार्फत लाइभ घोषणा गरिएको हो । यस योजनाका पहिलो विजेता पटेलले एप्पल आइप्याड १०.२ जितेका छन् ।
कम्पनीका अनुसार उनले वीरगञ्जको आरके इलेक्ट्रोनिक्समार्फत सेन्साइको चेस्ट–फ्रीजर खरिद गरेका थिए । यस्तै यस योजनामा लक्की ड्रमार्फत अझै पनि थुप्रै भाग्यशाली विजेताहरू घोषणा गर्न बाँकी नै रहेको कम्पनीले जनाएको छ । यो योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साइका कुनै पनि सामानको खरिदपश्चात् अंग्रेजीमा सेन्साइ टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।
कम्पनीले यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको जनाएको छ । सेन्साइले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरूका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया