ह्वावे नेपालको आईसीटी विद्यार्थीहरूका लागि ग्लोबल फ्ल्यागसिप कार्यक्रम
काठमाडौं । ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर सबै आईसीटी सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीहरूका लागि रहेको ग्लोबल फ्ल्यागसिप सीएसआर कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसलगायत एक सय ३० भन्दा बढी देश र क्षेत्रका १२ हजारभन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् ।
यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । त्यसपछि प्राडा शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्राडा सुवर्ण शाक्य र प्राडा मनिष पोखरेलले लिएको जिसपए, प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका आधारमा सात जना विद्यार्थी छनोट भएका थिए । नेपालबाट छनोट भएका सात विद्यार्थीमा काठमाडौं विश्वविद्यालयका निर्माण खड्का र प्रज्ञा मल्लिक, मदन भण्डारी मेमोरियल कलेजका वंशज पौडेल, ख्वोपा इन्जिनियरिङ कलेजका जतिन भुसाल, अमृत साइन्स क्याम्पसकी अजु तामाङ र पुल्चोक क्याम्पसकी रीया बैद्य र नदिका पौडेल रहेका छन् ।
जुलाइमा छनोट भएदेखि विद्यार्थीहरूले विभिन्न संलग्नताहरूमार्फत नेपालको आईसीटी उद्योगमा इन्साइट प्राप्त गरेका थिए । विद्यार्थीहरूले नेपालमा डाटा सेन्टर व्यापारसम्बन्धी कक्षाहरू लिए । युनेस्कोले संगठनको ‘द नेक्स्ट ५०’ अभियानको एक हिस्साको रूपमा विद्यार्थीहरूलाई पनि संलग्न गराउँदै आएको छ । विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजित पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा भाग लिएका थिए, जहाँ उनीहरूले मेटाभर्स, फाइभजी, एआई, क्लाउड कम्प्युटिङ, डिजिटल पावर र अन्य इमर्जिङ प्रविधिहरूका बारेमा सिकेका थिए ।
यस्तै अगस्ट २९ – सेप्टेम्बर २ सम्म सिंगापुरमा आयोजित टिचफर गुड एक्सेलेटर क्याम्पमा सहभागी हुने २४ मध्ये सात विजेता टोलीमध्ये टिम नेपाल एक थियो । सिंगापुरमा विद्यार्थीहरूले सिंगापुरस्थित ह्वावे कार्यालयको भ्रमण गरे । उनीहरूले आफूलाई तोकिएको सल्लाहकारसँग काम गर्दा व्यवसाय मोडेल विकास र डिजाइन थिकिङको बारेमा पनि सिकेका थिए । विद्यार्थीहरूहरू फर्किएपछि सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावे–निर्मित बेस स्टेसनको पनि भ्रमण गरेका थिए ।
समापन कार्यक्रममा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले विद्यार्थीले नेपालमा आफ्नो करियर अगाडि बढाउने विश्वास व्यक्त गरे । छनोट समितिका सदस्य प्राडा शशिधर राम जोशीले सिड्स फर द फ्युचर कार्यक्रममा छनोट भएका विद्यार्थीहरूलाई थाइल्यान्ड र सिंगापुरमा भएको ज्ञान आदानप्रदान सेसनमा आफ्ना विचारहरू प्रस्ट्याउन मदत गरेको र उनीहरू भविष्यका उद्यमी बन्न सहयोग पुगेको बताए । प्रा. तिमिला यामी थापाले सीड्स फर द फ्युचर विद्यार्थीका लागि आफ्नो प्रतिभा र सीपलाई परिष्कृत गर्ने ठूलो अवसर भएको बताइन् । ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले ह्वावेले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म उपलब्ध गराउन सक्षम भइरहन चाहेको बताए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया