Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआकर्षक सहकारीद्वारा ‘एकोलमार्ट डटकम’ सञ्चालन

आकर्षक सहकारीद्वारा ‘एकोलमार्ट डटकम’ सञ्चालन


काठमाडौं । आकर्षक उपभोक्ता कृषि सहकारी संस्थाले एकै छानामुनी सबै सामान बिक्री गर्न ई–कमर्स साइड ‘एकोल मार्ट डटकम’ सार्वजनिक गरेको छ । सहकारीले गत सोमबार एक कार्यक्रमको आयोजना गरी ‘एकोलमार्ट डटकम’को उद्घाटन गरेको हो ।

१० वर्षदेखि उपभोक्ता तथा कृषि क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आइरहेको सहकारीले यसअघि दराज अनलाइनसँग सहकार्य गर्दै आफ्ना उपत्पादनहरू बजारमा बिक्री गर्दै आएको थियो । बजारमा आफ्ना उत्पादनहरूको माग तीव्र बढ्न थालेकोले आफैँले आधुनिक अनलाइन सपिङ प्लाटफर्म ‘एकोलमार्ट डटकम’ साइट सुरु गरेको संस्थाका अध्यक्ष दिपकप्रसाद घिमिरेले बताए । निकट भविष्यमै आफ्नो सेवा देशैभर पु-याउने लक्ष्य राखेको एकोल मार्टले अहिले भने उपत्यकाको तीन जिल्लामा सेवा सुरु गरेको घिमिरेले बताए । आम उपभोक्तालाई सहकारी आफैँले उत्पादन गरेका तथा दशैभरबाट संकलन गरिएका अग्र्यानिक उत्पादनहरू घर–घरमै उपलब्ध गराउने अभिप्रायले ई–कमर्स साइड ‘एकोलमार्ट डटकम’ सुरु गरिएको बताए ।

एकोल मार्टले अग्र्यानिक खाद्यजन्य, जडीबुटीजन्य, तरकारी, फलफूल, माछा, विभन्न प्रजातिका फूलहरू तथा औषधिजन्य उत्पादनहरू गरी करिब पाँच सय प्रोडक्टहरू बिक्रीका लागि बजारमा ल्याएको उनले बताए । त्यसलाई क्रमशः विस्तार गर्दै लैजाने सहकारीको योजना भएको उनले बताए । एकोलमार्ट डटकमका आईटी प्रमुख ई. प्रदीप भटराइले उपभोक्ताहरूले एकोलमार्ट डटकम लगिन गरेर सजिलै रजिस्ट्रेसन गर्न सक्ने र आफूलाई आवश्यक वस्तुहरूको अर्डर गर्न सक्ने बताए । उनले कुनै पनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा भएको बताए । एकटकमा १० वटा प्रोडक्टसम्म अर्डर गर्न सकिने उनले बताए । मोबाइल तथा इन्टरनेटबाट घरमै बसेर विभिन्न उपभोक्ता वस्तुहरू किनमेल गर्न सहज होस् भनेर एकोलमार्ट डटकम सुरु गरिएको उनले बताए ।

आकर्षक उपभोक्ता कृषि सहकारी संस्थाले जडीबुटीबाट निर्मित ग्रीन टी, स्लीम टी, हर्बल साबुन, मसाज तेल, टुथपेस्ट, सेम्फुजस्ता प्रोडक्टहरू आफैंले उत्पादन गर्दै आएको छ । त्यसैगरी सहकारीले ललितपुरमा फूलखेती, तरकारी खेती, कुरोलो तथा अकबरे खुर्सानीका बिरुवा उत्पादन, ट्राउट माछापालनजस्ता व्यावसायिक कृषि गर्दै आइरहेको छ । साथै सहकारीले आफ्नो हेड अफिस सातदोबाटोमा आकर्षक आयुर्वेद क्लिनक पनि सञ्चालन गर्दै आइरहेको छ । ती सबै सेवाहरूका साथै देशैभरबाट संकलन गरिएका अर्ग्यानिक चामल, पिठो, दाल, गेडागुडी, तेल, सिजनेबल तरकारी, आयुर्वेदिक औषधिजस्ता खाद्य तथा जडीबुटीजन्य करिब पाँच सय आइटमका प्रोडक्टहरू बजारमा ल्याएको अध्यक्ष घिमिरेले बताए । जिल्लामै नमूना सहकारीको रूपमा ख्याती कमाएको आकर्षक सहकारीले डिजिटल प्लाटफर्म ‘एकोलमार्ट डटकम’ मार्फत आफ्नो बजार विस्तार गर्ने लक्ष्य लिएको छ । आधुनिक स्मार्ट फोन बोक्ने र इन्टरनेटमार्फत आफ्ना आवश्यकताका वस्तुहरू सपिङ गर्ने जमात बढेको भन्दै सहकारीका प्रोडक्टहरूले राम्रो बजार पाउने विश्वास घिमिरेले व्यक्त गरे । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया