Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको सस्तोमा सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालनमा

टेलिकमको सस्तोमा सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालनमा


काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरूले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालनमा ल्याएको छ । गत मंगलबारदेखि सञ्चालनमा आएको यो सेवा कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

यो अफरअन्तर्गत दुई हजार, पाँच हजार र १० हजारवटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ । प्रतिसन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा दुई हजार एसएमएस दुई दिनभित्र पठाउन जम्मा एक हजार रुपैयाँ मात्र लाग्नेछ । त्यसैगरी दुई हजार पाँच सय रुपैयाँमा पाँच दिनभित्रमा पाँच हजार एसएमएस पठाउन सकिने प्याक र पाँच हजार रुपैयाँमा १० दिनभित्रमा १० हजार एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन । यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भावलगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ ।

यो सेवा प्रयोग गर्नका लागि ग्रुप एसएमएस डट एनटीसी डट नेट डट एनपी लगइन गरी प्याकेज खरिद गर्न सकिनेछ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याकमा भएका नम्बरहरू एक्सेल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया