Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयती डिस्टिलरीका दुई ब्राण्ड ८८४८ र वर्ल्ड दरबार ब्ल्याक चिम्नीलाई उत्कृष्ट मेडल

यती डिस्टिलरीका दुई ब्राण्ड ८८४८ र वर्ल्ड दरबार ब्ल्याक चिम्नीलाई उत्कृष्ट मेडल


काठमाडौं । यती डिस्टिलरी प्रालिका दुई ब्राण्ड ८८४८ भोड्का र वल्र्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले उत्कृष्ट मदिरा मेडल जितेका छन् । यतीका यी दुई उत्पादनहरुले मदिराको विश्वस्तरीय प्रतिस्पर्धामा दुईवटा अन्तर्राष्ट्रिय मेडल प्राप्त गरेका हुन् ।

८८४८ भोड्का र वर्ल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट कम्पिटिसन (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड मेडल जितेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त प्रतिस्पर्धामा विश्वभरका पाँच हजार मदिरा ब्रान्डबीच प्रतिस्पर्धा भएको थियो । मदिरा पारखीमाझ लोकप्रिय ८८४८ भोड्काले गोल्ड मेडल र अर्को लोकप्रिय उत्पादन वर्ल्ड दरबार ब्ल्याक चिम्नी ब्लेन्डेड रिजर्भ ह्विस्कीले डबल गोल्ड मेडल जितेको कम्पनीले जानकारी दिएको छ ।

एसएफडब्लुएससीका अनुसार यो प्रतिस्पर्धामा गोल्ड मेडल प्राप्त गर्नुको अर्थ ‘उपलब्धिको उच्चतम विन्दुनजिकै पुगेको असाधारण मदिरा’ भन्ने हुन्छ । डबल गोल्डको अर्थ ‘विश्वका अत्युत्तम उत्पादनमध्येको एक’ भन्ने हुन्छ । विजेता छनोटका लागि विश्वभरबाट जम्मा भएका ७० निर्णायकहरुले गत अप्रिलमा दुई हप्ता समय लगाएर पाँच हजार कम्पनीका मदिराहरुको मूल्यांकन गरेका थिए । सन् २००० देखि सुरु भएको सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट कम्पिटिसन उत्तर अमेरिकाको सबैभन्दा पुरानो र ठूलो मदिरा प्रतिस्पर्धा हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया