Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसेवा एपले स्टार्ट अप सेमिनार गर्ने

सेवा एपले स्टार्ट अप सेमिनार गर्ने


काठमाडौं । सेवा एपले स्टार्ट अप सेमिनार गर्ने भएको छ । पूर्णरुपमा निःशुल्क सेमिनार शनिबार बिहान १० बजेबाट स्किल सेवा प्राइभेट लिमिटेडको सभाहल बबरमहलमा हुने बताइएको छ ।

नेपालको सन्दर्भमा स्टार्ट अपको विगतको अवस्था, वर्तमान अवस्था र आगामी भविष्य मूलभूत विषय छन् । कतिपय मानिसहरु स्टार्टअप गर्ने सोच, जोस एवं जाँगरको साथमा हुन्छन् तर उनीहरुलाई कम्पनी सुरु गर्नुअगाडि आवश्यक पर्ने कानुनी प्रक्रियाबारे समेत अज्ञात हुने गर्दछन् । जसले गर्दा उनीहरुले पहिलो गाँसमै ढुङ्गाको अनुभूति गर्ने गर्दछन् । यसको लागि आवश्यक कानुनी प्रक्रियाको समग्र जानकारी समेत सेमिनारमा प्रस्तुत गरिने आयोजकको भनाइ छ ।

स्टार्टअप कसरी गर्ने ? कुन क्षेत्रमा गर्ने ? स्टार्ट अपमा कस्ता समस्याहरु आउने गर्दछन् ? ती समस्याहरुको समाधान कसरी गर्ने भन्ने कुरा उदाहरणसहित सेमिनारमा प्रस्तुत गरिनेछ । आयोजकका अनुसार स्टार्ट अप कम्पनीहरु स्थापना हँुदा सबैले राम्रो गर्दछु, सफल हुन्छु भन्ने सोचका साथ स्थापना गरेका हुन्छन् तर सबै कम्पनी सफल हुँदैनन् तथापि हाम्रो देशको सन्दर्भमा भने अधिकांश स्टार्ट अप कम्पनीहरु असफल नै हुने गरेको देखिन्छ । सफल कम्पनी कसरी सफल भए र असफल कम्पनीहरु कसरी असफल भए भन्ने कुराहरु केस स्टडी माध्यमबाट सहजीकरण गरिने बताइएको छ ।

भनिन्छ, योजनामुताबिक कुनै काम सुरु गर्नु भनेको काममा आधा सफलता प्राप्त गर्नु हो । स्टार्ट अप सुरु गर्नुपूर्वका आधारभूत आवश्यकता के–के हुन् ? कुन रणनीति अपनाएको खण्डमा स्टार्ट अप असफल हुन पाउँदैन ? कुन व्यवसायको निकट भविष्य उज्जवल छ भन्ने कुरा समेत सेमिनारको विषय क्षेत्र छ । व्यवसायको सुरुवाती त धेरैले गर्ने गर्दछन् तर उनीहरु टिक्न भने सक्दैनन् । यही समस्यालाई समाधान गर्ने हेतुले सेमिनार आयोजना गरिने भएको हो । विदेशबाट फर्केर स्वदेशमै केही गर्छु भन्ने सोच भएका, लगानी गर्न पुँजी भएका तर अवसर र योजना नभएका र विद्यार्थी वर्ग एवं व्यवसाय गर्न चाहने अरु सबैले सेमिनारबाट लाभ लिन सक्नेछन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया