Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘बिजबजार भव्य उत्सव’ योजनाका मेगा बम्पर विजेता घोषणा

‘बिजबजार भव्य उत्सव’ योजनाका मेगा बम्पर विजेता घोषणा


काठमाडौं । नेपाली ई–कमर्स कम्पनी बिजबजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठलगायतका चाडहरूलाई लक्षित गर्दै सञ्चालन गरेको ‘बिजबजार भव्य उत्सव’ योजनाका विजेताहरु घोषणा गरेको छ ।

कम्पनीले सिस्टममा आधारित लक्की ड्रमार्फत बम्पर उपहारका विजेताहरूको घोषणा गरेको हो । जसअन्तर्गत पहिलो बम्पर उपहार मी ६५ इन्च अल्ट्रा फोरके टिभी र मी साउण्ड बार अविशा शर्माले प्राप्त गरेकी छन् । यसैगरी दोस्रो बम्पर उपहार रियलमी–९ प्रो फाइभजीको विजेता रचना सापकोटा बनेकी छन् भने तेस्रो बम्पर उपहार सामसङ सिङ्गल डोर रेफ्रिजेरेटर १९२ लिटर सबिन श्रेष्ठले हात पारेका छन् ।

कम्पनीले यो योजना चाडबाडको उमङ्ग भव्य बिजसँग भन्ने नाराका साथ सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत बिजबजारले सबै वर्गका सेवाग्राहीहरूको लागि विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशत सम्म छुटसहित बम्पर उपहार समेत समावेश गरेको थियो । यस्तै कम्पनीले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज’ नामक क्याम्पेनअन्तर्गतको कात्तिक महिनाको क्याम्पेनको तयारी पनि पूरा हुनलागेको जनाएको छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै बिजबजार अनलाइन सपिङ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै बिजबजार डटकम टाइप गरेर पनि यो सेवा लिन सकिनेछ । नेपाली ट्रेडलाई डिजिटाइज गर्ने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने दीर्घकालीन लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित बिजबजार सञ्चालनमा छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया