Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएक्सन रियालिटी शो ‘सेभेन डेज सुपर च्यालेन्ज’मा अभिनेता शाही अनुबन्धितशाही अनुबन्धित

एक्सन रियालिटी शो ‘सेभेन डेज सुपर च्यालेन्ज’मा अभिनेता शाही अनुबन्धितशाही अनुबन्धित


काठमाडौं । एक्सन रियालिटी शो ‘सेभेन डेज सुपर च्यालेन्ज’को होस्टमा अभिनेता अनुप बिक्रम शाही अनुबन्धित भएका छन् । डिएआर मुभिजको फर्म्याटमा निर्माण हुने शोमा विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको साथमा डिजिटल अडिसनबाट छानिएका अन्य प्रतिस्पर्धीहरुको सहभागिता रहनेछ ।

यस शोका विजेताले नगद १५ लाख र कार प्राप्त गर्नेछन् । फरक प्रकृतिको शोज पहिलो पटक एकसाथ दुईवटा टेलिभिजनमार्फत प्रसारणमा आउने भएको छ । नेपाल नेटवर्क टेलिभिजन र एपीवान टेलिभिजनबाट एकसाथ प्रसारण हुने शोजको निर्माणमा ठूलो लगानी हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए । ‘सेभेन डेज सुपर च्यालेन्ज’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। यो शोजको प्रसारण माघबाट गर्ने लक्ष्य राखिएको पनि धितालले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया