Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्मार्टफोन खरिददेखि बिक्रीपछिका सेवा सुनिश्चित गर्दै भिभो

स्मार्टफोन खरिददेखि बिक्रीपछिका सेवा सुनिश्चित गर्दै भिभो


काठमाडौं । उपभोक्ता केन्द्रित ब्रान्ड भिभो परिष्कृत ग्राहक सेवामार्फत सहज तरिकाले उपयोग चक्रलाई बुझाउन लागिपरेको छ । नेपालमा भिभो सुरुवातदेखि नै उपभोक्ताहरूलाई विश्वस्तरीय प्रविधिहरू र उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ । उचित समयमा सही कामहरू गर्ने बेन्फेन दर्शनद्वारा निर्देशित भिभोले उपभोक्ताहरूको जीवनलाई समृद्ध र सकारात्मक रूपमा प्रभाव पार्ने प्रयास गरिरहेको छ ।

‘मोर लोकल, मोर ग्लोबल’ दृष्टिकोणबाट निर्देशित भएर ब्राण्डले नेपाली उपभोक्ता बजारमा फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स र एडभान्स इमेजिङ सिस्टमजस्ता विश्वव्यापी प्रविधिहरू ल्याइरहेको छ । यसबाहेक, भिभोले स्थानीय प्रतिभा, संस्कृति, र ग्राहकलाई प्राथमिकतामा राखेर धेरै अभियानहरू सञ्चालन गर्दै आइरहेको छ । भिभोले आफ्ना ग्राहकहरूसँग निकट सम्बन्ध कायम गरेको छ । चाहे नयाँ उत्पादनहरू डिजाइन गर्ने होस्, वा उन्नत प्रविधिहरूका लागि अनुसन्धान सञ्चालन गर्ने होस् यी सबै प्रयासहरू उपभोक्ताहरूको जीवनस्तर वृद्धि गर्नका लागि हुन् । तसर्थ, उपभोक्ताका लागि यी सेवाहरुको पहुँचयोग्यता सुनिश्चित गर्न, ग्राहक सेवाहरूको एक व्यापक अफलाइन र अनलाइन नेटवर्क स्थापना गरिएको छ । एक हजारभन्दा बढी रिटेल स्टोरहरू तथा देशभर विभिन्न स्थानमा चारवटा सेवा केन्द्रहरू (काठमाडौं, नारायणगढ, पोखरा र इटहरी) मार्फत भिभोले प्रयोगकर्ताहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवाहरू प्रदान गर्दछ । अत्याधुनिक सुविधाहरू र उपकरणहरूले सुसज्जित सेवा केन्द्रहरूले ग्राहकहरूलाई झन्झटमुक्त खरिद र बिक्रीपछिको सेवा अनुभव सुनिश्चित गर्दछ ।

ग्राहकहरुलाई कृतिज्ञता प्रकट गर्ने प्रयासमा भिभोले हरेक महिना २७ देखि २९ तारिखसम्म भिभो सर्भिस डे आयोजना गर्दै आइरहेको छ । बिक्रीपछिका स्मार्टफोन सेवाको महत्वलाई बुझेर कम्पनीले यस दिन बिक्रीपछिका सेवाहरू जस्तै सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्मजस्ता सेवाहरू निःशुल्क उपलब्ध गर्दछ ।

यसबाहेक, प्रयोगकर्ताहरुले खरिद गरेको नयाँ उपकरणको हार्डवेयरमा कुनै समस्या भएमा एक–महिनाभित्र प्रतिस्थापन गर्दछ । साथै, ग्राहकहरूले प्रत्येक नयाँ फोन खरिदमा उपलब्ध हुने वारेन्टी सेवा/नीति पनि दाबी गर्न सक्छन् । भिभोले ग्राहकहरुलाई फोनमा एक वर्षको वारेन्टी, एक्सेसरिजमा छ–महिनाको वारेन्टी, पार्टकको सशुल्क मर्मतमा तीन महिनाको वारेन्टी, सेवा केन्द्रबाट खरिद गरिएको एक्सेसरिजमा छ–महिनाको वारेन्टी र सफ्टवेयरमा जीवनभर वारेन्टी प्रदान गर्दछ । सहज ग्राहक सेवा अनुभवका लागि प्रयोगकर्ताहरुले कल सेन्टरमा ग्राहक सेवा टोलीलाई सम्पर्क गरेर सबै प्रश्नहरूको कुशलतापूर्वक र सन्तोषजनक समाधान लिन सक्नेछन् ।

सबै स्मार्टफोनको स्पेयर पार्ट्स वेबसाइटमा मूल्य सूचीसहित उपलब्ध छन् । साथै, प्रयोगकर्ताहरुले फेसबुक र इमेलमार्फत सोधपुछ गरेर तत्काल समस्याको समाधान गर्न पनि सक्छन् । योबाहेक उपभोक्ताहरूका लागि भिभोले विभिन्न प्रस्तावहरु र स्थानीय अभियानहरू पनि सञ्चालन गर्दै आइरहेको छ । भिभोको भी र वाई सिरिजहरु उपभोक्ताको आवश्यकताअनुरुप विकसित गरिएका छन् । वाई सिरिजलाई युवा उपभोक्ताका लागि सुलभ मुल्यमा फ्ल्यागशिप स्मार्टफोनको अनुभव प्रदान गर्ने आदर्श साथीको रूपमा विकसित गरिएको छ । भी सिरिजमा रंग–परिवर्तन हुने विशेषता तथा उत्कृष्ट प्रदर्शन र उत्कृष्ट क्यामेरा सुविधाहरू छन् जसले प्रयोगकर्ताहरूलाई सबै व्यावसायिक र रचनात्मक कार्यहरूमा मद्दत गर्दछ ।

नवप्रवर्तनको नेतृत्व गर्ने दृष्टिकोणमार्फत भिभोले आफ्ना ग्राहकहरूलाई प्रिमियम स्मार्टफोन अनुभव र कुशल ग्राहक समर्थनद्वारा खुसी पार्ने प्रयास गर्दछ । भिभो उपभोक्ताहरूसँग व्यक्तिगत सम्बन्ध स्थापना गर्न र ग्राहकहरुलाई हरेक चरणमा मद्दत गर्न प्रतिबद्ध छ । भिभो आफूले प्राप्त गरेको माया र सम्मानको प्रतिफलमा आफ्ना मूल्यवान ग्राहकहरूलाई सेवा प्रदान गर्न समर्पित छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया