Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडीले बनायो ३० लाख ‘न्यू इनर्जी भेहिकल’

बीवाईडीले बनायो ३० लाख ‘न्यू इनर्जी भेहिकल’


काठमाडौं । गत हप्ता बीवाइडी (बिल्ड योर ड्रिम) कम्पनीले न्यू इनर्जी भेहिकल उत्पादन ३० लाख युनिट पूरा गरेको छ । चिनियाँ ग्लोबल ब्राण्ड बीवाईडीले आफ्नो हेडक्वार्टर सान्जेन चाइनामा ३० लाख युनिट रोलआउट गरेको खुसियालीमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

बीवाईडीले न्यु इनर्जी भेहिकलको क्षेत्रमा ३० लाख युनिट एउटा संकेत मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धि भएको जनाएको छ । चिनियाँ निर्माताले पहिलो १० लाख युनिट कार उत्पादन गर्न झण्डै १३ वर्ष लागेको थियो । त्यसपछिको अर्को १० लाख युनिट एक वर्षमा पूरा गरेको कम्पनीले अन्तिम १० लाख युनिट उत्पादन र बिक्री छ महिनामा पूरा गरेको हो । कम्पनीले पछिल्ला १८ महिनामा २० लाख युनिट कार उत्पादन गरेर बजारमा पठाएको छ । यसलाई न्यू इनर्जी भेहिकल उत्पादनको क्षेत्रमा निकै चाखपूर्ण तरिकाले हेरिँदै आएको छ । यो उत्पादन र बिक्री आँकडाबाट न्यू इनर्जी भेहिकल इन्डष्ट्रीको बढोत्तरी कसरी भएको छ र ग्लोबल ग्रिन मोबिलिटीमा कस्तो सहयोग पुगेको छ भन्ने प्रस्ट देखाएको कम्पनीले जनाएको छ ।

३० लाख युनिट कार उत्पादन र बिक्री भएको खुसियाली मनाउने क्रममा बीवाईडीका चेयरम्यान तथा प्रेसिडेन्ट वाब चुवानफुले आफ्ना सम्पूर्ण ग्राहक, उद्योगका पार्टनर, लगानीकर्ता, बिक्रेता डिलर र कम्पनीका कर्मचारीलाई विशेष धन्यवाद दिएका थिए । उक्त अवसरमा चेयरम्यानले एसियन फुटबल कन्फिडरेसनबाट सन् २०१८ को एसियन महिला फुटबल अफ दि एयरबाट सम्मान भएकी वाब सुवाबलाई आफ्नो ३० लाखौँ उत्पादन हस्तान्तरण गरेका थिए । बीवाईडीले आफ्नो ग्लोबल स्ट्राटेजीअनुसार भविष्यमा ग्लोबल अटोमोबाइल बजारमा प्यासेन्जर भेहिकलको विकास र विस्तारमा अझै तीव्रगतिमा अगाडि बढ्ने जनाएको छ । अहिले बीवाईडीले आफ्नो उपलब्धता छवटै महादेशको ७० देशका चार सयभन्दा बढी सहरहरुमा पु-याएको छ ।

बीवाईडीको ३० लाखौँ उत्पादन एक महत्वपूर्ण माइलस्टोन मात्र नभई विश्व ग्रिन मोबिलिटीमा कसरी उत्साहका साथ अगाडि बढिरहेको छ भन्ने प्रमाण पनि हो । भविष्यमा बीवाईडीले आफ्नो पार्टनरहरुसँगको सहकार्यमा हाइक्वालिटी प्रोडक्टको विकास गर्ने जनाएको छ । बीवाईडीले ग्रिन मोबिलिटीको विकासले हाम्रो पृथ्वीलाई हरित विश्वमा परिणत गर्न सघाउ पु-याउनेमा विश्वास लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया