Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईसीटी अवार्डमा उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको घोषणा

आईसीटी अवार्डमा उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको घोषणा


काठमाडौं । इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विधामा विभिन्न तीन चरणको छनौटपश्चात् उत्कृष्ट ५ को घोषणा भएको हो । यसअघि कात्तिक २६ गते तिनै विधाका उत्कृष्ट १२ प्रतिस्पर्धीले १२ जना जुरीसमक्ष प्रिजेन्टेशन र स्पिड डेटिङ सेसनमा प्रस्तुति दिएका थिए ।

स्टार्टअप आईसीटी अवार्ड विधामा उत्कृष्ट ५ मा पर्न सफल कम्पनीहरु क्युरा हेल्थ, मोनाल टेक, पिक एन्ड ड्रप, रेड टेल फक्स, रिंगेज टेक रहेका छन् । यसैगरी प्रडक्ट आईसीटी अवार्ड मा पर्न सफल उत्कृष्ट ५ प्रडक्टहरुमा बिहे नेपाल, फिनपस, गल्ली म्याप्स, टिग र भैरव ट्रिडेन्ट रहेका छन् । राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विधामा पर्न सफल ५ इन्नोभेसनहरुमा आस्क म्याटरब, अटोनोमस इगल आई यूएभी, कारोबार एप, नेप्टु र साराङ्ग रहेको आयोजकले जानकारी दिएको छ । यस प्रतिस्पर्धाको पिचिङ तथा ग्राण्ड जुरी सेससनलाई यस वर्ष कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्पर्धीले आईएमई पे र स्पारो एसएमएसमार्फत पब्लिक भोटिङमा सहभागी हुनुपर्नेछ । उक्त विधामा जुरीको छनौट, पब्लिक भोटिङ, डेमो र कम्पनीको अवलोकनको आधारमा सर्वोत्कृष्ट छनौट गरिने आयोजक समिति सदस्य सुशील पोखरेलले जानकारी दिए ।

उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभसनहरुको लागि पब्लिक च्वाइस आईसीटी अवार्ड २०२२ पनि भोटिङसँगै खुल्ला हुनेछ । पल्लिक भोटिङ मंसिर ९ गते शुक्रबारदेखि मंसिर २९ गतेसम्म सञ्चालन हुने आयोजक लिभिङ विथ आईसीटीले जानकारी दिएको छ । यी पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आईसीटी अवार्ड विधाहरुमा छनौट प्रक्रिया जारी रहेको छ । यसैगरी निजी र सरकारी शैक्षिक संस्थालाई प्रदान गरिने डिजिटल एजुकेसन आईसीटी अवार्ड, सरकारी संस्थालाई डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र कर्पोरेट क्षेत्रको लागि डिजिटल सर्भिसेस आईसीटी अवार्ड विधाहरुमा पनि समावेश छन् । १३ विधामा प्रदान गरिने आईसीटी अवार्ड २०२२ को लागि तीन महिनादेखि विभिन्न चरणका छनौट प्रक्रियाहरु जारी छन् । गत कात्तिक १८ र १९ गते सय बढी स्टार्टअपहरुको संलग्नतामा स्टार्टअप फेस्ट पनि आयोजना भएको थियो ।

आयोजकका अनुसार यस वर्ष दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२ को पनि घोषणा गरिएको छ । यस विधामा सातवटा देशहरुबाट ५० बढीको नोमिनेसन प्राप्त भएको आयोजकले जानकारी दिएको छ । विभिन्न देशका विज्ञहरुको संलग्नतामा यस विधाको विजेताको लागि छनौट प्रक्रिया सञ्चालन भइरहेको जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । उत्कृष्ट ५ साउथ एसियन स्टार्टअपहरु ग्राण्ड फिनालेको लागि नेपाल आउनेछन् । लिभिङ विथ आईसीटीले आयोजना गरेको इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ एन एसोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनस, पावर्ड वाई ह्वावे एण्ड स्मार्ट क्युआरको ग्राण्ड फिनाले पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । यो कार्यक्रम विभिन्न टेलिभिजन, अनलाइन र एपहरुमार्फत प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

आईसीटी अवार्ड २०२२ को शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स सह–प्रायोजकमा नेपाल टेलिकम र जेनेस, पावर्ड बाई प्रायोजकमा ह्वावे र स्मार्ट क्युआर, क्याटेगोरी स्पोन्समा एनसेल, ई–कमर्स पार्टनर दराज, पेमेन्ट पार्टनर आईएमई पे, इन्टरनेट पार्टनर डिशहोम फाइबरनेट, नलेज पार्टनर प्रेसिडेन्सियल बिजनेस स्कुल, सपोर्टिङ पार्टनर माइक्रोसफ्ट छन् । कार्यक्रमलाई विभिन्न संघ÷संस्थाहरुले सहयोग तथा सहकार्य गरेका छन् ।

कसरी गर्ने पब्लिक भोटिङ ?
स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२२ विधाका उत्कृष्ट ५ लाई आईएमई पे र स्प्यारो एसएमएसमार्फत भोटिङ गर्न सकिनेछ । यी तीन विधामा भोट गर्न प्रत्येक दिन एउटा आईडीबाट एक विधामा एउटा प्रतिस्पर्धीलाई मात्र भोट गर्न सकिनेछ ।

तीनवटै विधाका उत्कृष्ट १२ प्रतिस्पर्धीहरुलाई पल्लिक च्वाइस आईसीटी अवार्ड २०२२ विधामा भोट गर्न सकिनेछ । यस विधामा जति पनि भोट गर्न पाइने व्यवस्था रहेको छ । यस विधाको लागि गत स्टार्टअप फेस्टमा अवलोकनकर्ताले गरेको भोटलाई पनि आधार मानिनेछ । भोट गर्नको लागि आईएमई एप डाउनलोड गरेर आईसीटी अवार्ड २०२२ छनौट गरी त्यसमा विधा छनौट गरेपश्चात् प्रतिस्पर्धीको नाम देखिनेछ । आफूलाई मन परेको प्रतिस्पर्धीलाई भोट गर्न सकिनेछ । यसैगरी एसएमएसबाट भोट गर्न कम्पनी वा प्रडक्टको भोटिङ कोड अनुसार आईसीटी टाइप गरी भोटिङ कोड लेखेर ३३००१ मा पठाउनुपर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया