काठमाडौं । सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड तोफिचुअन्तर्गत नयाँ तड्का लिची ल्याएको छ । ‘टेष्टको नयाँ ट्विस्ट’को नारासहित सूर्य नेपालले तोफिचु तड्का लिची बजारमा सार्वजनिक गरेको हो ।
तड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको कम्पनीले बताएको छ । तोफिचु तड्का लिचीको बिक्री मूल्य प्रतिगोटा २.५० रुपैयाँ कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुने कम्पनीको विश्वास छ । तोफिचु तड्का आँप र पाइनापलको स्वादमा उपलब्ध हुँदै आएको छ । लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ ।
तोफिचु तड्का लिची नेपालभरिका खुद्रा पसलहरुमा उपलब्ध हुनेछन् । तोफिचुका विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन् । हाल तोफिचुअन्तर्गत फ्रुटीफन, फ्रुटी डिलाइट, ड्युज, क्रेम लातो, तड्का (आँप तथा पाइनएप्पल), चपता फन तथा कोफितिनो बजारमा उपलब्ध छन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया