सामसङको वर्ल्डकपलक्षित ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले फुटबल विश्वकप सिजनलाई लक्षित गर्दै एक्सपिरियन्स द एक्साइमेन्ट अफर ल्याएको छ । कम्पनीले यो अफरमा सामसङको टिभीहरु खरिद गर्दा निःशुल्क इन्स्टलेसन र क्युएलईडी प्रिमियम यूएचडी टिभीहरूको खरिदमा निःशुल्क साउन्डबारसहित ३० प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी प्रदान गर्ने योजना ल्याएको छ । सामसङ टिभीहरूको उत्कृष्ट पिक्चर क्वालिटीले उपभोक्ताहरूलाई हरेक खेलमा साउन्डबारको कुनै कम्प्रमाइजविना इमर्सिभ दृश्य प्रदान गर्दछ । जसले दर्शकहरूलाई विश्वस्तरीय साउन्डको अनुभव दिन्छ ।
ग्राहकहरूले आफूले छनोट गरिएका आउटलेटहरूबाट टिभी खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी, डिस्काउन्ट भाउचरहरूसहित विभिन्न लोकप्रिय रेष्टुरेन्टहरूमा स्वादिष्ट भोजनको आनन्द लिँदै ठूला सामसङ टिभी स्क्रिनहरूमा फुटबल हेर्नसक्ने बताइएको छ । यसका साथै ग्राहकहरुले एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन समेत प्राप्त गर्नसक्ने कम्पनीले बताएको छ । जसका लागि थप देशभरका विशेष हिम इलेक्ट्रोनिक्सअन्तर्गतका सामसङ प्लाजाहरुद्वारा सुविधा प्रदान गरेको आर्कस्टोर डट कममार्फत एक्सचेन्ज गर्नुपर्नेछ । ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ यो अफर ३१ डिसेम्बर २०२२ सम्म मान्य हुनेछ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया