Techie IT
×
गृहपृष्ठकर्पोरेटबिजबजारको ‘साइबर मण्डे’मा ७५ प्रतिशतसम्म छुट

बिजबजारको ‘साइबर मण्डे’मा ७५ प्रतिशतसम्म छुट


काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले ‘साइबर मण्डे’को अवसरमा विभिन्न क्याटेगोरीका सामानमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ ।

नेपालका साना तथा मझौला उद्यमहरूलाई बढावा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको बिजबजारले विश्वभरि अनलाइन सामान किन्न प्रेरित गर्ने उद्देश्यले ग्राहकहरूको लागि विभिन्न छुट प्रदान गर्ने गरेको छ ।

बिजबजारले कम्प्युटर, ल्यापटप, अफिस सप्लाई, होम अप्लाइन्सेस, मोबाइल र अक्सेसोरिजजस्ता सामानहरूमा भारी छुट प्रदान गर्ने जनाएको छ । कम्पनीले विशेष गरी युवा वर्गमा लोकप्रिय ब्रान्ड हरूमा छुट ल्याउने भएको हो ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया